सिन्धुपाल्चोकमा फेरि पहिरो, पाँचजनाको मृत्यु

काठमाण्डु टुडे २०७१ भदौ ९ गते ८:२२ मा प्रकाशित

चौतारा, ९ भदौ– सिन्धुपाल्चोकको जलवीरे बजारनजिकै बरम्फी–१ खमारेमा सोमबार दिउँसो गएको पहिरोले तीन घर बगाउँदा तीन जनाको मृत्यु भएको छ ।
अरु दुईजना बेपत्ता भएका छन् । मृत्यु हुनेमा नीरबहादुर थापा, गणेशकुमारी थापा, डम्बरबहादुर थापा, भगवत थापा र चन्द्रवती थापा छन् ।

चन्द्रवतीको उपचारका क्रममा जलवीरेस्थित स्वास्थ्य संस्थामा र अन्यको घटनास्थलमै मृत्यु भएको हो प्रहरीले जनाएको छ । पहिरो खसेपछि घरमा रहेको सामान निकाल्न खोज्दा उनीहरु पुरिएको प्रहरीले जनाएको छ ।
वर्षासँगै सोमबार दिउँसो करिब सवा १ बजेको समयमा पहिरो खसेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us