समाचार

दुईपटक नजिता प्रकाशित भएकामा नेविसंघको आपत्ति

२०७१ भदौ ९ गते १३:५९

काठमाण्डु, ९ भदौ– काँग्रेस निकट नेपाल विद्यार्थी संघले इन्जिनियरिङ अध्ययन संस्थाले यस वर्षको प्रवेश परीक्षाको नतिजा दोहोर्याएर प्रकाशन गरेकामा आपत्ति जनाएको छ । नेविसंघ अध्यक्ष रञ्जित कर्णले सोमबार विज्ञप्ति जारी गर्दै दोहोर्योएर नतिजा प्रकाशित गरेर संस्थानले विद्यार्थीको जीवनमाथि खेलवाड गरेको आरोप लगाएका छन् ।...

नेपाली नाबालकलाई अप्राकृतिक मैथुन गर्ने जर्मन नागरिक पक्राउ

२०७१ भदौ ९ गते १३:५४

नेपालगञ्ज, ९ भदौ–एक नेपाली नाबालकलाई अप्राकृतिक मैथुन गर्ने जर्मन नागरिकलाई बाँके प्रहरीले सोमबार पक्राउ गरेको छ । नाबालाकलाई अप्राकृतिक मैथुन गराउने जर्मन नागरिक जोचिम इम्बर्ली पक्राउ परेका हुन् । बाँके– पिप्रहवा–१ का नाबालकसहित जमुनाहा नाका हुँदै भारतको रुपैडिया जाँदै गरेकाबेला उनी पक्राउ परेका हुन्...

विष पिएका विप्लवका छोरा र भतिजी भेट्न ओम अस्पताल पुगे प्रचण्ड

२०७१ भदौ ९ गते १३:२५

काठमाण्डु, ९ भदौ– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आत्महत्या प्रयासमा विष सेवन गरेका नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा र भतिजीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । प्रचण्ड पत्नी सीताका साथ सोमबार साँझ उनीहरुले उपचार गराइरहेको चाबहिलस्थित ओम अस्पताल पुगेका थिए ।...

श्रीमान मलेसियाबाट एयरपोर्ट झर्ने बित्तिकै श्रीमती अर्कैसँग टाप

२०७१ भदौ ९ गते १२:३९

काठमाण्डु, ९ भदौ– वैदेशिक रोजगारीबाट फर्कंदै गरेका श्रीमान लिन भन्दै काठमाण्डु आएकी एक महिला बेपत्ता भएकी छन् । मलेसियाबाट स्वदेश फर्केका गोरखा ताकुकोटका सुरेश बरामकी श्रीमती बीमा हराएकी हुन् । आफू विमान चढ्नुअघि टेलिफोनमा  कुरा भए पनि काठमाण्डु आइपुग्दा श्रीमती बेपत्ता भएको बरामले बताए...

तिज नाच हेर्न गएका युवाको कुटपिटबाट निधन

२०७१ भदौ ९ गते १२:१२

नेपालगन्ज, ९ भदौ– बाँकेको जलपोखरीमा अज्ञात व्यक्तिको कुटपिटबाट एक युवकको ज्यान गएको छ । कुटपिटबाट ज्यान गुमाउनेमा राधापुर–१ का १६ वर्षीय प्रकाश थापा रहेको प्रहरीले जनाएको छ । तिर्खा निमावि जलपोखरीमा तीज नाच हेर्न गएका बेला उनीमाथि अज्ञात व्यक्तिले कुटपिट गरेको प्रहरीले जनाएको छ...

संसदीय समितिका सभापतिको निर्वाचन बुधबार

२०७१ भदौ ९ गते ११:४९

काठमाण्डु, ९ भदौ– संसदीय समितिका सभापतिहरुको निर्वाचन आगामी बुधबार हुने भएको छ । संसद सचिवालयले सोमबार एक सूचना जारी गर्दै निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो । संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले जारी गरेको सूचनामा भदौ १० गते बुधबार बेलुकी ५ बजेदेखि निर्वाचन सुरु हुने...

गोदामा चामल छ, तर सर्वसाधारणको चुल्हो बन्दैन

२०७१ भदौ ९ गते ११:४२

जाजरकोट, ९ भदौ– जाजरकोटका विकट गाउँहरुमा चरम खाद्यान्न अभाव भएको छ । नेपाल खाद्य संस्थानको जाजरकोट डिपोमा पर्याप्त चामल छ । तर ढुवानीका लागि बाटो नहुँदा विकट बारेकोट क्षेत्रका गाउँका सर्वसाधारण भोकभोकै बस्नुपर्ने अवस्थामा छन् । यातायातको पहुँचबाट टाढा रहेका बारकोट क्षेत्रका सक्ला, रामीडाँडा,...

अश्लील नृत्य प्रस्तुत गरेको आरोपमा पक्राउ परेका तीन महिला रिहा

२०७१ भदौ ९ गते १०:२७

सप्तरी, ९ भदौ– सप्तरीमा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा पक्राउ परेका तीन महिला धरौटीमा छुटेका छन् । जिल्लाको जमुनी मधेपुराबाट अश्लील नृत्य गरिरहेको अवस्थामा एक साताअघि पक्राउ परेका उनीहरु जनही एक हजार रुपैयाँ धरौटी तिरेर  रिहा भएका हुन् । कृष्ण जन्माष्टमीका अवसरमा गत भदौ २...

कान्तिपुरको मजदुर आन्दोलन जायज: सञ्चार संगठन

२०७१ भदौ ९ गते १०:१४

काठमाण्डु, ९ भदौ– पत्रकारितासँग सम्वद्ध विभिन्न संघसंस्थाले कान्तिपुर पब्लिकेसनमा जारी मदजुर आन्दोलनबारे गम्भीर हुन व्यवस्थापनलाई अग्रह गरेका छन् । रिपोटर्स क्लबले सोमबार राजधानीमा गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघ, प्रेस युनियन, प्रेस चौतारी र क्रान्तिकारी पत्रकार संघ र क्रान्तिकारी पत्रकार महासंंघका प्रतिनिधिले मजदुर आन्दोलनको समर्थन...

‘जनजातिले खाँदै आएको गार्इ होइन, कुकुरलाई बनाऔं राष्ट्रिय जनावर’

२०७१ भदौ ९ गते ९:३५

काठमाण्डु, ९ भदौ–राष्ट्रिय जनमुक्ति पार्टीका सभासद शिवलाल थापाले कुकुरलाई राष्ट्रिय जनावर घोषणा गर्न माग गरेका छन् । व्यवस्थापिका–संसदको सोमबारको बैठकमा बोल्दै उनले जनजातीले सदियौंदेखि काटेर खाँदै आएको गाईलाई राष्ट्रिय जनावार मान्न नसकिने बताए । उनले गाई काटेर खानु जनजातिहरुको परम्परा भएको दाबी गरे ।...

सञ्जय साहको सम्पत्ति रोक्का गैरकानुनी भन्दै संसदमा हंगामा

२०७१ भदौ ९ गते ९:२१

काठमाण्डु, ९ भदौ– सदभावना पार्टीले गैरकानुनी रुपमा आफ्ना सभासद सञ्जय साहको सम्पत्ति रोक्का गरिएको दाबी गरेको छ । व्यवस्थापिका–संसदको सोमबारको बैठकमा सभामुखसँग विशेष समय मागेर बोलेका सो पार्टीका संसदीय दलका नेता सभासद् लक्ष्मणलाल कर्णले साहको सम्पत्ति रोक्कासम्बन्धी निर्णय फिर्ता लिन माग गरे । सम्पत्ति...

बाबुले आफ्नै छोरी बलात्कार गरेपछि………

२०७१ भदौ ९ गते ९:०२

काभ्रे, ९ भदौ– काभ्रेको पनौती नगरपालिका– २ की एक युवतीले आफ्नै बाबुले बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी दिएकी छन् । २१ वर्षीया ती युवतीले बाबुले आफूलाई पटकपटक जवर्जस्ती बलात्कार गरेको आरोपमा मुद्धा दायर गरेकी हुन् । जाहेरी दिनुअघि युवतीले विष सेवन गरी आत्हमत्या प्रयास...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us