सञ्जय साहको सम्पत्ति रोक्का गैरकानुनी भन्दै संसदमा हंगामा

काठमाण्डु टुडे २०७१ भदौ ९ गते ९:२१ मा प्रकाशित

काठमाण्डु, ९ भदौ– सदभावना पार्टीले गैरकानुनी रुपमा आफ्ना सभासद सञ्जय साहको सम्पत्ति रोक्का गरिएको दाबी गरेको छ ।

sanjaya
व्यवस्थापिका–संसदको सोमबारको बैठकमा सभामुखसँग विशेष समय मागेर बोलेका सो पार्टीका संसदीय दलका नेता सभासद् लक्ष्मणलाल कर्णले साहको सम्पत्ति रोक्कासम्बन्धी निर्णय फिर्ता लिन माग गरे ।

सम्पत्ति शुद्धीकरण विभागले साह र उनका परिवारको नाममा रहेको सम्पूर्ण चलअचल सम्पत्ति रोक्का गरेको छ । कर्णले सानो पार्टीबाट चुनाव जितेका कारण साहमाथि अन्याय गरिएको आरोप लगाए ।

‘सानो पार्टीबाट चुनाव जित्नु पनि अपराध रहेछ’, कर्णाले भने, सम्पत्ति शुद्धीकरणअर्न्तगत साह र उनका नातेदारको सम्पत्ति रोक्का गर्ने निर्णय भएको रहेछ, त्यो तत्काल फुुकुवा होस् ।’

कर्णले हचुवाका भरमा सम्पत्ति रोक्कन गरेर उनका छोराछोरीको राज्यले बिजोग बनाएको आरोप लगाए । ‘हचुवाको भरमा सम्पत्ति रोक्का गर्दा उनको बालबच्चाको पालन पोषण कसले गर्ने ? कर्णले भने, ‘उनका नातागोतालाई समेत सजाय दिने यो कुन लोकतन्त्र र कानुनको शासन हो ?

कर्णले साहलाई निर्वाचनमा सघाउने नवीन यादव, सुजित पाण्डे र मनोज सिंह तथा दिदी, बहिनी, ज्वाइ र ससुराको समेत सम्पत्ति रोक्का गरिएको भन्दै आपत्ति जनाए ।

कर्णले साहले जनताको मतबाट चुनाव जितेको भन्दै उनीजस्ता व्यक्तिलाई कारबाही गर्नु जनमतको अपमाद भएको जिकिर गरे ।
जनकपुर बमकाण्डका प्रमुख योजनाकार साह हाल थुनामा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us