जाजरकोट, ९ भदौ– जाजरकोटका विकट गाउँहरुमा चरम खाद्यान्न अभाव भएको छ ।
नेपाल खाद्य संस्थानको जाजरकोट डिपोमा पर्याप्त चामल छ । तर ढुवानीका लागि बाटो नहुँदा विकट बारेकोट क्षेत्रका गाउँका सर्वसाधारण भोकभोकै बस्नुपर्ने अवस्थामा छन् ।
यातायातको पहुँचबाट टाढा रहेका बारकोट क्षेत्रका सक्ला, रामीडाँडा, रोकायगाउँ र नायकबाडा गाविस चरम खाद्य संकटको मारमा परेका छन् ।
सदरमुकामस्थित खाद्य संस्थानमा बारेकोट क्षेत्रमा लैजान ८४ क्विन्टल चामल तयार पारिएको भए पनि बाटोको अभावमा लान सकिएको छैन । सदरमुकामबाट रिम्नासम्म सडक भत्किएका कारण यातायातका साधन चलेका छैनन् ।
प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले खाद्य संस्थानमा स्टक रहेको चामल पहिरो प्रभावित क्षेत्रमा दिने भन्दै सदरमुकामवासीलाई चामल दिन रोक लगाइको बताए ।
बाढी र पहिरो प्रभावित क्षेत्रमा चामल पुर्या उन स्थलमार्गबाट सम्भव नभएपछि एक सातादेखि चामल सदरमुकामस्थित गोदाममा थन्किएको छ ।