नेपालगञ्ज, ९ भदौ–एक नेपाली नाबालकलाई अप्राकृतिक मैथुन गर्ने जर्मन नागरिकलाई बाँके प्रहरीले सोमबार पक्राउ गरेको छ ।
नाबालाकलाई अप्राकृतिक मैथुन गराउने जर्मन नागरिक जोचिम इम्बर्ली पक्राउ परेका हुन् । बाँके– पिप्रहवा–१ का नाबालकसहित जमुनाहा नाका हुँदै भारतको रुपैडिया जाँदै गरेकाबेला उनी पक्राउ परेका हुन् ।
ती बालकले इम्बर्लीले आफूलाई ५ दिनदेखि दाङ र बाँकेका विभिन्न होटलमा राखी आप्रकृतिक मैथुन गर्ने गरेको बताएका छन् । प्रहरीले बालकको परिचय खुलाएको छैन ।
बाँके प्रहरीका प्रमुख प्रहरी उपरीक्षक शेखर कोइरालाले इम्बर्लीलाई जवर्जस्ती अप्राकृतिक मैथुन गराएको अपराधमा बाँके जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखिएको बताए । त्यस सम्बन्धमा थप अनुसन्धान भइरहेको कोइरालाले जानकारी दिए ।