सप्तरी, ९ भदौ– सप्तरीमा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा पक्राउ परेका तीन महिला धरौटीमा छुटेका छन् ।
जिल्लाको जमुनी मधेपुराबाट अश्लील नृत्य गरिरहेको अवस्थामा एक साताअघि पक्राउ परेका उनीहरु जनही एक हजार रुपैयाँ धरौटी तिरेर रिहा भएका हुन् ।
कृष्ण जन्माष्टमीका अवसरमा गत भदौ २ गतेराति आयोजित सांस्कृतिक कार्यक्रममा अश्लील नृत्य प्रस्तुत गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेको थियो ।
उनीहरुविरुद्ध प्रहरीले सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाएको थियो । पक्राउ परेकाको नाम र ठेगाना प्रहरीले सार्वजनिक गरेको छैन ।