समाचार

गगन र रवीन्द्रसहित ११ संसदीय समिति सभापति निर्विरोध

२०७१ भदौ १० गते १४:१६

काठमाण्डु, १० भदौ–व्यवस्थापिका–संसदका १२ समितिमध्ये विधायन समितिबाहेक ११ समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् । संसद सचिवालयका तर्फबाट मंगलबार साँझ विज्ञप्ता  जारी गरी ११ समितिका सभापति निर्विरोध निर्वाचित भएको जनाएको हो । बुधबार हुने निर्वाचनका लागि संसद सचिवलयले मंगलबार बिहान १० बजेदेखि साँझ ५...

ऋषि धमलालाई सभासद बनाउन माग

२०७१ भदौ १० गते १३:५७

काठमाण्डु, १० भदौ–संविधानसभामा प्रतिनिधित्व गर्ने साना दलले मन्त्रिपरिषदले मनोनयन गर्ने २६ जनामध्येबाट रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलालाई सभासद बनाउन माग गरेका छन् । प्रधानमन्त्री सुशील कोइरालालाई मंगबार सामूहिक रुपमा भेटेर १२ वटा साना दलका अध्यक्षले आफूहरुका तर्फबाट २६ जनामा धमलाको नाम पार्न आग्रह गरेका...

प्रचण्ड चिढिएपछि किन भेटे सुशीलले वैद्य ?

२०७१ भदौ १० गते १३:१९

काठमाण्डु, १० भदौ- प्रधामनमन्त्री सुशील कोइराला र नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यबीच मंगलबार भेटवार्ता भएको छ । कोइरालालाई भेट्न वैद्य प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । कार्यकर्ता प्रशिक्षणका लागि पाल्पा पुगेका वैद्यलाई कोइरालाले टेलफोन गरी काठमाण्डु बोलाएका हुन् । कोइरालाले आइतबारै भेट्न चाहे पनि...

बाबुले गरे तीन वर्षीया छोरीलाई बलात्कार

२०७१ भदौ १० गते १३:११

बर्दिया, १० भदौ – तीन वर्षीया छोरीलाई बलात्कार गरी बाबु फरार भएका छन् । वालिकाको अस्पतालमा उपचार भइरहेको छ भने बाबु फरार छन् । बर्दिया, धधवार ७ निवासी उपाध्याय थरका एक युवकले आफ्नै छोरीलाई बलात्कार गरेका हुन् । बालिकाको बालिकाको यौनाङ्ग क्षतविक्षत रहेकाले भेरी...

ई–लाईब्रेरी स्थापना गर्न आठ लाख रुपैयाँ संकलन

२०७१ भदौ १० गते १२:२२

काठमाण्डु, १० भदौ – चितवनको लंकुमा रहेको लक्ष्मी माविमा विद्युतीय पुस्तकालय अर्थात ई–लाईब्रेरी स्थापनाका लागि झण्डै आठ लाख रुपैयाँ सकंलन भएको छ । अहिले डेनमार्कमा रहेका लंकुका सोमनाथ सापकोटाको सक्रियतामा विद्यालयका भूतपूर्व विद्यार्थी, विभिन्न देशमा रहेका लंकु आसपासका बासिन्दाले ७ लाख ९८ हजार रुपैयाँ...

पुनरावेदन न्यायाधीसको नाम सिफारिस

२०७१ भदौ १० गते १२:१३

काठमाण्डु, १० भदौ – न्याय परिषद्को वैठकले मुख्य न्यायाधीशको लागि १६ जनाको नाम सिफारिस गरेको छ । परिषद्ले १६ वटै पुनरावेदन अदालतमा रिक्त रहेको पदको लागि न्यायाधीशको नाम सिफारिस गरेको हो । न्याय परिषद्ले बलराम विष्ट, केदारप्रसाद चालिसे, दिपकुमार कार्की, तेजवहादुर केसी, पुरुषोत्तम भण्डारी,...

जलेर एकको मृत्यु

२०७१ भदौ १० गते १२:०४

रुपन्देही, १० भदौ – पजरकट्टि–१ बस्ने २२ बर्षीया सुनिता यादवको जलेर मृत्यु भएको छ । उनलाई मङगलबार दिउँसो शरिरमा मट्टितेल खन्याई जलेर घाइते भएको अवस्थामा आफन्तहरुले फेला पारी उपचारको लागि मेडिकल कलेज भैरहवा लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको थियो । प्रहरीले घटनाको सोधपुछको लागि...

राष्ट्र बैंकसँग लगानीकर्तालाई हतोत्साही नहुन आग्रह

२०७१ भदौ १० गते १०:४९

काठमाण्डु, १० भदौ – अर्थ मन्त्रालयका सह–सचिव कृष्ण देवकोटाले हालै नेपाल राष्ट्र बैंकले जारी गरेको नियमनका कारण बैंक तथा वित्तीय संस्थाहरुका लगानीकर्ताहरुलाई हतोत्साही नहुन आग्रह गरेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालद्धारा नेपाल राष्ट्र बैंकद्धारा हालै जारी गरिएको परिपत्रबारे प्रस्ट पार्न आयोजना गरिएको साक्षात्कार...

उद्योग वाणिज्य महासंघविरुद्ध सुपारी किसान आमरण अनशन बस्ने

२०७१ भदौ १० गते १०:१५

काठमाण्डु, १० भदौ – नेपाल उद्योग वाणिज्य महासंघले सुपारी निर्यात गर्दा एकाधिकार कायम गरेको भन्दै झापा र मोरङ्का सुपारी किसानहरुले आगामी भदौ १६ गतेदेखि आमरण अनशन बस्ने घोषणा गरेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा सुपारी खेती विकास संस्था कृषि विकास संघ नेपाल, झापा,...

बलात्कार गर्न सहयोगी बनेको वात लागेपछि हजुरबाले गरे आत्महत्या

२०७१ भदौ १० गते ९:४५

काभ्रे, १० भदौ – बाबुले बलात्कार गर्दा हजुरबाले सहयोग गरेको आरोप नातिनीले लगाएपछि काभ्रेका एक ७३ वर्षीय बृद्धले आत्महत्या गरेका छन् । काठमाण्डुमा उपचारारत बलात्कृत नातिनीले अपराधकर्मममा बाबुलाई आमा र हजुरबाको पनि सहयोग रहेको बयान दिएपछि बृद्धले आत्महत्या गरेका हुन् । काभ्रे, पनौति २...

सत्ता पक्षलाई चुनौती दिँदै प्रचण्डले भने, ‘सत्ताको मात नदेखाऊ, दुर्घटना होला’

२०७१ भदौ १० गते ९:३०

काठमाण्डु, १० भदौ– प्रमुख प्रतिपक्षी एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस–एमाले विगतको सहमति पालनामा इमान्दार नभए व्यवस्थापिका–संसदको अर्को बैठक अवरुद्ध गर्ने चेतावनी दिएका छन् । मंगलबारको संसद बैठकमा विशेष समय लिएर बोल्दै उनले सत्ता पक्षले अङ्कगणितीय खेलमा लागेर आफूहरुलाई पेल्न खोजेको आरोप...

भारतमा नेपाली युवतीको सामूहिक बलात्कार

२०७१ भदौ १० गते ८:१८

काठमाण्डु, १० भदौ – भारतमा एक नेपाली युवतीमाथि सामूहिक बलात्कार भएको छ । काठमाण्डु घर भएकी १९ वर्षिया ती युवतीलाई राजधानी दिल्लीको दक्षिणी क्षेत्रस्थित मेरौली भन्ने स्थानमा ६ युवकले सामूहिक बलात्कार गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। जागिर दिलाइदिने भन्दै एक युवकले उनलाई मेरौलीस्थित एउटा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us