रुपन्देही, १० भदौ – पजरकट्टि–१ बस्ने २२ बर्षीया सुनिता यादवको जलेर मृत्यु भएको छ ।
उनलाई मङगलबार दिउँसो शरिरमा मट्टितेल खन्याई जलेर घाइते भएको अवस्थामा आफन्तहरुले फेला पारी उपचारको लागि मेडिकल कलेज भैरहवा लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको थियो ।
प्रहरीले घटनाको सोधपुछको लागि निजका श्रीमान जयकुमार यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।