बलात्कार गर्न सहयोगी बनेको वात लागेपछि हजुरबाले गरे आत्महत्या

काठमाण्डु टुडे २०७१ भदौ १० गते ९:४५ मा प्रकाशित

काभ्रे, १० भदौ – बाबुले बलात्कार गर्दा हजुरबाले सहयोग गरेको आरोप नातिनीले लगाएपछि काभ्रेका एक ७३ वर्षीय बृद्धले आत्महत्या गरेका छन् ।

काठमाण्डुमा उपचारारत बलात्कृत नातिनीले अपराधकर्मममा बाबुलाई आमा र हजुरबाको पनि सहयोग रहेको बयान दिएपछि बृद्धले आत्महत्या गरेका हुन् ।

काभ्रे, पनौति २ का प्रकाश कार्कीलाई छोरीको किटानी जाहेरीका आधारमा प्रहरीले सोमबार पक्राउ गरेको थियो । ११ वर्षदेखि बलात्कारको शिकार भएकी १९ वर्षीय किशोरीले आत्महत्याको प्रयास गरेपछि बलात्कारको घटना बाहिर आएको थियो ।

पीडित युवतीलाई अहिले काठमाण्डुस्थित रक्षा नेपालको सेल्टरमा राखिएको छ । ‘पीडितको अवस्था दयनिय छ, मानसिकरुपमा विक्षिप्त छिन् ’, रक्षा नेपालकी अध्यक्ष मेनुका थापाले काठमाण्डु टुडेलाई भनिन्, ‘चिकित्सकको निगरानीमा उपचार भइरहेको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us