समाचार

तीज सुरु, आज दर खाइँदै

२०७१ भदौ ११ गते ४:१२

काठमाण्डु, ११ भदौ– हिन्दू नेपाली महिलाहरुको महान चाड हरितालिका तीन आजबाट सुरु भएको छ । तीजको पहिलो दिन आज घरघरमा दर खाने चलन छ । भोलि विवाहित महिलाले पतिको दीर्घायु र सुस्वास्थ्य तथा अविवाहितले असल पति पाउँ भन्ने कामनासहित ब्रत बस्छन् । हिमालय पर्वतकी...

संसदीय समितिहरुले आज सभापति पाउँदै

२०७१ भदौ ११ गते ३:२१

काठमाण्डु, ११ भदौ– व्यवस्थापिका–संसदका १२ समितिले संविधानसभा निर्वाचन सम्पन्न भएको नौ महिनापछि आज सभापति पाउँदैछन् । १२ मध्ये विधायन समितिबाहेक ११ समितिका सभापति निर्विरोध निर्वाचित हुने भएका छन् । दलीय भागबण्डाका आधारमा एकजना बाहेक अन्यको उम्मेदवारी नपरेका कारण साँझ ५ बजे बस्ने संसद बैठकले...

तीज मनाउने क्रममा भएको झडपमा एकको मृत्यु

२०७१ भदौ ११ गते ३:०१

जाजरकोट, ११ भदौ– जाजरकोट सदरमुकाम खलंगामा तीज मनाउन हिंडेका दुई समूहबीच भएको झडपमा एक जनाको ज्यान गएको छ । तीजका अवसरमा रमाइलो गर्ने क्रममा भएको झडपमा जाजरकोट– ३ युरिका ४० वर्षीय जितबहादुर कार्कीको मृत्यु भएको हो । उनलाई स्थानीय हेमबहादुर ओलीले लाठी प्रहार गरी...

पहिरोले पुरिएर सिन्धुपाल्चोकमा तीनको मृत्यु, पर्वतमा चार बेपत्ता

२०७१ भदौ ११ गते २:५५

काठमाण्डु, ११ भदौ–  सिन्धुपाल्चोकको महांकाल गाविसमा पहिरोले घर बगाउँदा  एकै परिवारका तीन जनाको ज्यान गएको छ । अर्का एकजना बेपत्ता भएका छन् । राति सुतिरहेका बेला माथिबाट खसेको पहिरोले महांकाल–६ बोल्ठेका दीलबहादुर तामाङको घर बगाउँदा ३२ वर्षीय दीलबहादुरसहित छोरी १३ वर्षीया एलिसा र छोरा...

प्रहरी र सेनालाई सार्क सम्मेलन सुरक्षाका लागि १ अर्ब ३० करोड ?

२०७१ भदौ ११ गते २:४३

काठमाण्डु, ११ भदौ– दुई महिनामा हुने सार्क सम्मेलनका निम्ति भीभीआईपीहरुको प्रयोजनार्थ ३२ वटा गाडी किन्न सहमति दिइएको छ । गृहले भन्सार छुटबाहेक ६३ वटा गाडी किन्ने गरी २७ करोड रकम मागेको थियो । खरिद ऐनका कारण टेन्डर गरेर नयाँ गाडी किन्न नभ्याइने भएकाले जर्मनीबाट...

प्रचण्डले भने, ‘संविधान बनाउने बेलामा मानसरोबर र दिल्ली गएर हुन्छ ?’

२०७१ भदौ ११ गते २:३५

काठमाण्डु, ११ भदौ– एमाओवादीसहितका प्रतिपक्षी दलले उच्चस्तरीय राजनीतिक संयन्त्र गठनसहितका पूर्वसहमति कार्यान्वय गर्न सत्तापक्षलाई अल्टिमेटम दिएको छ । एमाओवादी अध्यक्ष प्रचण्डले मंगलबार सदनमा शान्ति प्रक्रियाका बाँकी काम पूरा गरी नयाँ संविधान निर्माणको वातावरण बनाउनुपर्नेमा सत्तापक्ष उल्टो बाटोमा लागेको आरोप लगाउँदै आगामी बैठकअघि नै सत्तापक्षले...

जबर्जस्ती मदिरा खुवाएर दिल्लीमा नेपाली युवतीको सामूहिक बलात्कार

२०७१ भदौ ११ गते २:२८

काठमाण्डु, ११ भदौ– दिल्लीको थाप्लोमा लागेको ‘बलात्कारको राजधानी’ को दाग हटाउन संघर्षरत भारतीय राजधानीमा एकजना नेपाली युवती सामुहिक बलात्कारको शिकार भएकी छन् । भारतीय सञ्चारमाध्यमका अनुसार काठमाण्डुकी १९ वर्षीया ती युवतीलाई दक्षिण दिल्लीको मेहरौली इलाकामा ६ जनाको समूहले बलात्कार गरेको हो । घटनाको वास्तविक...

भारतबाट विमान अपहरणकारी काठमाण्डु पसेको सूचना

२०७१ भदौ ११ गते २:२३

काठमाण्डु, ११ भदौ– भारतीय कम्पनीको कुनै एउटा जहाज १४ वर्षपछि फेरि अपहरणमा पर्न सक्ने मोबाइल सन्देश प्राप्त भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा सतर्कता बढाइएको छ । आईसी ८१४ लाई झैं काश्मिरी मुजाहिद्दिन समूहले काठमाण्डु–नयाँदिल्ली, कलकत्ता, बनारस, बागडोग्रा सेक्टरको कुनै जहाजलाई आफ्नो कुत्सित उद्देश्य परिपूर्तिका...

भेटेको राहदानी बेक्नुभएको छ ? जेल पर्नुहोला !

२०७१ भदौ ११ गते २:१५

काठमाण्डु, ११ भदौ– हराएको राहदानी पुनः भेटेर प्रयोगमा ल्याए वा अरु कसैले प्रयोग गरेमा त्यस्तो व्यक्ति विश्वको कुनै पनि अध्यागमनमा पक्राउ पर्ने भएका छन् । राहदानी विभागले हराएका राहदानीको विवरण इन्टरपोलमा राख्ने प्रक्रिया मंगलबारदेखि थालेको हो । राहदानी हरायो भनी आवेदन दिनेको संख्या बढेपछि...

मोदीलाई पशुपतिमा ‘थ्रेट’ दिने अझै थुनामा

२०७१ भदौ ११ गते २:०६

काठमाण्डु, ११ भदौ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा शंकास्पद गतिविधिमा संलग्न दुई बंगलादेशी नागरिक पक्राउ परेको खुलेको छ । १९ साउनमा पशुपति मन्दिरबाट पक्राउ परेका उनीहरु अझै प्रहरी हिरासमा छन् । मोदी पशुपति मन्दिरको दर्शनमा गएका बेला शंकास्पद गतिविधि गर्ने बंगलादेशी नागरिकद्वय हसाइम...

गर्भपतन गराउनेलाई तीन वर्ष कैद

२०७१ भदौ १० गते १५:३२

 सप्तरी, १० भदौ–सप्तरीकी १४ वर्षीया एक बालिकाको गर्भपतन गराएको आरोपमा अदालतले आज तीनजनालाई ३–३ वर्ष कैद सजायको फैसला गरेको छ । सप्तरी जिल्ला न्यायाधीश नवराज दाहालको इजलाशले आरोपितहरु सुनसरी भोक्राहा गाविस–६ का ५५ वर्षीय डम्बर यादव, बालिकाकी आमा ४८ वर्षीया बेलीदेवी सुतिहार र राजविराज...

प्रचण्डलाई उच्चस्तरीय समिति संयोजक बनाउन भट्टराईको माग

२०७१ भदौ १० गते १५:२८

काठमाण्डु, १० भदौ–एकीकृत माओवादी नेता बाबुराम भट्टराईले प्रधानमन्त्री सुशील कोइरालालाई भेटेका छन् । कोइराला भेट्न भट्टराई मंगलबार राति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । प्रधानमन्त्री कोइरालाले भट्टराईलाई सत्तारुढ दलसँग वार्ता र छलफलमा नबस्ने निर्णयबाट पछि हट्न आग्रह गरेका थिए । जवाफमा भट्टराईले आफ्ना...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us