विदुर, १२ भदौ- नुवाकोटको थानापतिस्थित बोहोरे खोलामा वर्षासँगै बुधबार राति आएको भीषण बाढीले नौ सय सय रोपनी धानखेत बगाएको छ । बाढीले सुनखानीमा चार सय रोपनी र थानापतिमा ५ सय रोपनी खेत बगाएको हो । यस्तै सुनखानीमा दुईवटा घर तथा दुई पक्की पुलसमेत बगाएको...
मलेसिया– नेपाली हत्याको विरोधमा उत्रिएका नेपाली कामदारले मलेसियामा हड्ताल गरेका छन् । हत्या विरोधमा उत्रिएकालाई पक्राउ गरिएपछि नेपालीले हड्ताल गरेका हुन् । जोहोरबारुस्थित तेब्रोबामा रहेको जेसीवाई नामक कम्पनीमा कार्यरत झापाका हर्कबहादुर निरौलाको कम्पनीको लापरबाहीले ज्यान गएको भन्दै सो कम्पनीमा कार्यरत नेपाली हड्तालमा उत्रिएका हुन्...
काठमाण्डु, १२ भदौ- एकीकृत माओवादीले केन्द्रीय समिति विघटनको तयारी गरेपछि उपाध्यक्ष नारायणकाजी श्रेष्ठ असन्तुष्ट बनेका छन् । उनले केन्द्रीय समिति विघटन गरिए पार्टी नै विघटन हुने भन्दै तीव्र असन्तोष पोखेका छन् । यसअघि बुधबार बसेको वर्तमान र पूर्वपोलिट्ब्युरो सदस्यहरुको बैठकले केन्द्रीय समिति विघटन गरी...
काठमाण्डु, १२ भदौ – उच्च पदस्थ व्यक्तित्वहरुको विदेश भ्रमणका क्रममा गत आर्थिक वर्षमा मात्रै राज्यको ढुकुटीबाट झन्डै साढे ८ करोड रुपैया खर्च भएपनि उपलब्धि भने प्रायः शून्य देखिएको छ । सरकारका विशिष्ट व्यक्ति र अन्य सरकारी प्रतिनिधिमण्डलले विश्वका विभिन्न देशमा गरेको भ्रमणका क्रममा उक्त...
काठमाण्डु, १२ भदौ- उच्चस्तरीय राजनीतिक समिति गठनका विषयमा प्रमुख सत्तारुढ घटक काँग्रेस र एमाले विभाजित भएका छन् । प्रधानमन्त्री सुशील कोइरालासहित काँग्रेस नेपाहरु विपक्षीको मागअनुसार समिति बनाउन तयार भए पनि एमालेले अझै त्यसको विरोध गरिरहेको छ । काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री कोइराला र एमाओवादी...
काठमाण्डु, १२ भदौ- ट्राफिक प्रहरीले आज पशुपति क्षेत्र आसपास हुँदै चल्ने सवारीलाई अन्यत्र डाईभर्सन गरेको छ । हरितालिका तीजका अवसरमा लागेको दर्शनार्थीको घुइँचोले सवारी आवागमनमा हुने भएकालेबिहान ५ देखि बेलुकी ६ बजेसम्मका लागि डाईभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको छ । कोटेश्वर–तीनकुने– एयरपोर्ट हुँदै गौशालातर्फ...
काठमाण्डु, १२ भदौ- आज हिन्दू महिलाहरुले निराहर ब्रत बस्दै भगवान शिवको पुजा आराधना गरी हरितालिका तीज मनाउँदैछन । हिमालय पर्वतकी पुत्री पार्वतीले गुप्त स्थानमा शिवजी स्वामी पाउनका लागि गरिएको उपवासलाई पछ्याउँदै हरितालिका तीज मनाउने गरिन्छ । हिन्दू नारीहरुको महान् धार्मिक पर्वका रुपमा लिइने तीजमा...
काठमाण्डु, १२ भदौ– इबोला भाइरस नियन्त्रण गर्न सरकारले ठूला अस्पतालमा आइसोलेसन वार्ड विशेष उपकरण जडित छुट्टै कक्ष स्थापनाको तयारी गरेको छ । अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ डेक्स सञ्चालनमा ल्याएको दुई सातामा आइसोलेसन वार्ड स्थापनाको तयारी भएको हो । दुई सयभन्दा बढी शय्या भएका अस्पतालमा त्यस्ता...
काठमाण्डु, १२ भदौ– झन्डै ६ वर्षअघि राहदानीमा बायो पेज परिवर्तन गरी वैदेशिक रोजगारीमा गएका २ युवतीसहित तीनजना नेपाली घर फर्कने क्रममा विमानस्थलमा पक्राउ परेका छन् । कुवेत र कतार गएका मकबानपुरकी फूलमाया तामाङ र सुनसरी ललिता राई तथा कतार गएका सिरहाका शिवलाल मण्डल स्वदेश...
कञ्चनपुर, १२ भदौ– घरभरि छोरी ज्वाँइ र नातिनातिना । बिहानैदेखि साँझसम्म दर खुवाउँदै व्यस्त । बरु ऋण किन नलागोस लोकल कुखुराको मासु, खाने पिउने व्यवस्था । साँझ ढल्किएपछि आँगनमा तीनको छुट्टै रौनक । विगतका यी तीज ६५ वर्षीया देवीसरा कामीका लागि अब संझनामा मात्र...
काठमाण्डु, १२ भदौ– संविधानसभाको तेस्रो ठुलो दल एकीकृत नेकपा माओवादीभित्र देखा परेको आन्तरिक बिबाद समाधानतिर जान नसकेपछि बर्तमान केन्द्रीय समिति बिघटन गरी विशेष महाधिवेशन आयोजक समिति बनाइने भएको छ। पार्टी मुख्यालय पेरिसडाँडामा बसेको पोलिटब्युरो तहसम्मका नेताहरुको अनौपचारिक बैठकमा पदाधिकारी, स्थायी समिति, पोलिटब्युरोसहित केन्द्रीय समिति...
काठमाण्डु, १२ भदौ– सरकारलाई सूचना संकलन गरेर सहयोग गर्ने निकायका अधिकारीहरु नै घुस काण्डमा मुछिन थालेपछि उनीहरुकै गतिविधिमाथि निगरानी सुरु भएको छ । राष्ट्रिय अनुसन्धान विभागका केही अधिकृत नै अवैध धन्दामा लागेको भन्दै गृह मन्त्रालयले विभागका अधिकृतहरुमाथि निगरानी सुरु गरेको हो । सरकारले विशेष...