काठमाण्डु, १२ भदौ– झन्डै ६ वर्षअघि राहदानीमा बायो पेज परिवर्तन गरी वैदेशिक रोजगारीमा गएका २ युवतीसहित तीनजना नेपाली घर फर्कने क्रममा विमानस्थलमा पक्राउ परेका छन् ।
कुवेत र कतार गएका मकबानपुरकी फूलमाया तामाङ र सुनसरी ललिता राई तथा कतार गएका सिरहाका शिवलाल मण्डल स्वदेश फर्कने क्रममा सोमबार पक्राउ परेका हुन् ।
अध्यागमन विभागका निर्देशक शम्भु घिमिरेले ६ वर्षअघि मेसिन रिडेवल नभएका कारण उनीहरु अर्काको फोटो परिवर्तन गरेर गएको हुन सक्ने बताएका छन् । अध्यागमन कार्यालय, वैदशिक रोजगार विभाग, प्रहरी र म्यानपावर व्यवसायीको सेटिङ मिलाएर उनीहरु अर्काको राहदानीमा विदेश गएका थिए ।
अन्नपूर्ण पोष्टबाट