समाचार

बानेश्वर-कोटेश्वर बाटो सुचारु

२०७१ भदौ १३ गते ५:०५

काठमाण्डु, १३ भदौ – गिट्टी बालुवा व्यवसायी र व्यवसायीले काठमाण्डुको तिनकुनेमा बीच सडकमा ट्रिपर तेस्र्याएर गरेकाे प्रर्दशन प्रहरीले खुलाएकाे  छ। सरकारले गिट्टी, ढुंगा र बालुवा उत्खनन् तथा ढुवानीमा प्रतिबन्ध लगाएको विरोधमा व्यवसायीले सडकमै गाडी राखेर प्रदर्शन गरेका हुन् । करिब एक सयवटा ट्रिपर बीच...

भारतीय राजदूतको बाटो छेक्ने वैद्य माओवादीका नौ कार्यकर्ता पक्राउ

२०७१ भदौ १३ गते ४:४४

चितवन, १३ भदौ- नेपालका लागि भारतीय राजदूत रञ्जित रेको विरोधमा जिल्ला बन्द गराउन हिंडेका मोहन वैद्य नेतृत्वको नेकपा माओवादीका नौ कार्यकर्ता पक्राउ परेका छन् । प्रहरीले पूर्वी चितवनको रत्ननगरबाट सात र नारायणगढबाट दुईजनालाई शुक्रबार बिहान पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए...

खतरनाक प्रतिबन्धित विषादीको खुलेआम बिक्री

२०७१ भदौ १३ गते ४:२६

इलाम, १३ भदौ- नेपालमै प्रतिबन्धित विषादीको इलाममा भने खुलेआम बिक्रीवितरण भइरहेको छ । जिल्लाका विभिन्न बजारहरुमा रहेका एग्रोभेटहरुले प्रतिबन्धित विषादीको खुलेआम बिक्रीवितरण गरिरहेको भए पनि स्थानीय प्रशासन रमिते बनेर बसेको छ । इलाम नगरपालिकासहित सूर्योदयन नगरपालिका, मंगलबारे, दानाबरी, फिक्कल र श्रीअन्तुलगायत स्थानमा रहेका एग्रोभेटहरुले...

तीजअन्तर्गत आज गणेश चतुर्थी

२०७१ भदौ १३ गते ३:३९

काठमाण्डु, १३ भदौ हिन्दू महिलाहरुको महान चाड हरितालिका तीजअन्र्तगत आज गणेश चतुर्थी, गणेशको पूजाआराधना गरेर मनाइँदैछ । शिव पार्वती पुत्र गणेशको जन्मोत्सवका रुपमा देशका विभिन्न स्थानमा रहेका गणेश मन्दिरमा पूजा गर्नेको बिहानैदेखि घुइँचो लागेको छ । बुधबार राति दर खाएका विवाहित महिलाले श्रीमानको दीर्घायुको...

ओली आज दिल्ली जाँदै

२०७१ भदौ १३ गते ३:२६

काठमाण्डु, १३ भदौ- एमाले अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि आज भारतको नयाँदिल्ली जाने भएका छन् । ओली आज साँझ ६ बजे दिल्ली जाने कार्यक्रम रहेको एमाले सचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । गत फागुनयता गम्भीर बिरामी परेका ओलीले यसअघि दिल्ली, थाइल्याण्ड र...

एमाओवादीसहित विपक्षीद्धारा संसद् अवरुद्ध

२०७१ भदौ १३ गते ३:१५

काठमाण्डु, १३ भदौ- एकीकृत माओवादीसहित प्रतिपक्षी दलले व्यवस्थापिका संसद बैठक बहिस्कार गरेका छन् । चारबुँदे सहमति कार्यान्वयन हुनुपर्ने, बाढीपीडितलाई राहत दिइनुपर्ने, २६ सभासद मनोनयन हुनुपर्ने लगायत माग राखेर विपक्षीले संसद अवरुद्ध पारेका हुन् । बैठकमा विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची छ । यसअघि मंगलबारको बैठकमा एमाओवादीसहित...

बढीप्रभावित क्षेत्रमा सर्पको बिगबिगी, सुत्केरी र शिशु जोगाउनै समस्या

२०७१ भदौ १३ गते २:१४

बाँके ,१३ भदौ बाँके- फत्तेपुर- ८ लक्ष्मीराजपुरकी २५ वर्षीया  रंजिता थारुलाई आफू र आफ्नो पहिलो नवजात शिशु जोगाउन निकै मुस्किल परेको छ । हालै आएको बाढीले आधा भत्केको घरमा वर्षातका कारण आउने सर्पका कारण नवजात शिशु बचाउन उनलाई मुस्किल परेको हो । बाढीले भएको...

कुन नेता कस्तो मोबाइल बोक्छन् ?

२०७१ भदौ १३ गते २:०८

काठमाण्डु,१३ भदौ- मोबाइल आममानिसको दैनिकी बनिसकेको छ । मानिसका दैनिक क्रियाकलापलाई मोबाइल फोनमा भएका फिचरहरुले सहज बनाइदिएका छन् । उठेदेखि नसुत्दासम्म मोवाइल मानिसहरुको आवश्यकता बन्दै गएको छ । सामान्य मानिसहरुभन्दा व्यस्त दैनिक हुने राजनीतिक दलका नेताहरुका लागि त झन मोबाइल अत्यावश्यक बस्तु नै हो...

बढीपीडित भोकभोकै, ८२ करोड राहत सिंहदरबारमा

२०७१ भदौ १३ गते २:०१

काठमाण्डु,१३ भदौ बाढीपहिरोपीडितहरु राहत नपाएर गाँस र बास अभावमा बिचल्लीमा छन् । तर, दैवी प्रकोपपीडितका नाममा संकलित करिब ८२ करोड रुपैयाँ केन्द्रमा थन्किएको छ । वितरण सञ्जाल प्रभावकारी नहुँदा विभिन्न क्षेत्रबाट संकलित रकम पीडितसम्म नपुगेको हो । जिल्ला दैवी प्रकोप उद्धार समितिले विवरण नपठाउँदा...

डाक्टरले बिरामी जाँचेको ५ सयभन्दा बढी लिन नपाउने

२०७१ भदौ १३ गते १:५४

काठमाण्डु,१३ भदौ मुस्किलले पाँच मिनेट बिरामीको कुरा सुन्ने डाक्टरले नाडी छामेको भरमा हजार रुपैंयाँ भन्दा बढी शुल्क लिने गरेका उदाहरण प्रशस्तै छन् । यही मनपर्दी शुल्क लिने र बिरामीसँग पर्याप्त अन्तक्रिर्या नगर्ने प्रवृत्ति रोक्न सरकारले स्वास्थ्य सेवा शुल्कमा सीमा तोकेको छ । स्वास्थ्य मन्त्रालयले...

जहाँ एचआईभी संक्रमितको किरिया हुँदैन, मरेकै दिन मासुभात खाइन्छ

२०७१ भदौ १३ गते १:४५

डोटी, १३ भदौ डोटी बासुदेवी ८ झिगाबस्तीकी बिरमा भुलका श्रीमान करी भुलको मंसिर ०६१ मा एचआइभी संक्रमणले मृत्यु भयो । तर, परिवारले उनको काजकिरिया गरेन । झिगाबस्तीकै गंगा विकमा श्रीमान कोलेको पनि एचआइभीकै कारण ०५९ सालमा मृत्यु भयो । ०६९ सालमा सोही रोगका कारण...

नारायणकाजी भन्छन्, २६ सभासद मनोनयन वाहियात

२०७१ भदौ १२ गते १४:१३

काठमाण्डु, १२ भदौ एकीकृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले २६ सभासदको मनोनयन आवश्यक नरहेको बताएका छन् । ललितपुरको हात्तीवनस्थित आफ्नै निवासमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले २६ सभासद मनोनयन अनावश्यक र वाहियात भएको बताएका हुन् । संविधानसभाले काम सक्न लागेकाले २६ सभासद मनोनयनको प्रावधान नै...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us