काठमाण्डु,१३ भदौ- मोबाइल आममानिसको दैनिकी बनिसकेको छ । मानिसका दैनिक क्रियाकलापलाई मोबाइल फोनमा भएका फिचरहरुले सहज बनाइदिएका छन् ।
उठेदेखि नसुत्दासम्म मोवाइल मानिसहरुको आवश्यकता बन्दै गएको छ । सामान्य मानिसहरुभन्दा व्यस्त दैनिक हुने राजनीतिक दलका नेताहरुका लागि त झन मोबाइल अत्यावश्यक बस्तु नै हो । प्रधानमन्त्री सुशील कोइरालाको सम्पत्ति भनेको उनको साथमा रहेको ३ वटा मोबाइल हुन् । उनीसँग ३ वटा नोकिया ब्रान्डका मोबाइल छ ।
२ वटा चालु अवस्थामा र एउटा विग्रिएको छ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल एप्पल ब्रान्डको आइफोन ४ बोक्छन् । एमाले अध्यक्ष केपी ओली साममुङ एस फोर बोक्छन् । बाबुराभ भट्टराई एप्पलको आइफोन ५ चलाउँछन् ।
गृहमन्त्री वामदेव गौतम एप्पलको आइफोन ५ एस बोक्छन् । कांग्रेस नेता गगन थापा एप्पलको आइफोन ५ एस बोक्छन् । कांग्रेस नेता शेरबहादुर देउवा मोबाइल बोक्दैनन ।