काठमाण्डु, १३ भदौ- एमाले अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि आज भारतको नयाँदिल्ली जाने भएका छन् ।
ओली आज साँझ ६ बजे दिल्ली जाने कार्यक्रम रहेको एमाले सचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
गत फागुनयता गम्भीर बिरामी परेका ओलीले यसअघि दिल्ली, थाइल्याण्ड र सिंगापुरमा उपचार गराइसकेका छन् । यसअघि नवौं महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएलगत्तै ओली उपचारका लागि सिंगापुर गएका थिए ।
ओली करिब एक साता दिल्ली बस्ने कार्यक्रम छ । दिल्ली बसाइका क्रममा उनले राजनीतिक भेटवार्तासमेत गर्नेछन् ।