चितवन, १३ भदौ- नेपालका लागि भारतीय राजदूत रञ्जित रेको विरोधमा जिल्ला बन्द गराउन हिंडेका मोहन वैद्य नेतृत्वको नेकपा माओवादीका नौ कार्यकर्ता पक्राउ परेका
छन् ।
प्रहरीले पूर्वी चितवनको रत्ननगरबाट सात र नारायणगढबाट दुईजनालाई शुक्रबार बिहान पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए ।
भारतीय राजदूतबाट माडी क्याम्पसको उदघाटन गराएको विरोधमा वैद्य माओवादीले जिल्ला बन्द आह्वान गरेको हो । भारत सरकारको सहयोगमा निर्मित क्याम्पस भवनको रेले आज भवन उदघाटन गर्ने कार्यक्रम छ ।
क्याम्पस भवनको नेपाली अधिकारीहरुबाटै उदघाटन गर्नुपर्ने माग राखेर बन्द आह्वान गरिएको नेकपा माओवादी चितवनका इन्चार्ज गुणराज लोहनीले जानकारी दिए । भवन उदघाटन गर्न राजदूत रे बिहीबारै चितवन आएका थिए ।