समाचार

मलेसियामा नेपालीको मृत्यु

२०७१ भदौ १४ गते ३:५३

काठमाण्डु, १४ भदौ– मलेसियामा एक नेपाली कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुर चुरियामाइका सोमबहादुर मोक्तान रहेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार शुक्रबार राति खाना खाएर सुतेका उनी ओछ्यानमै मृत भेटिएका थिए । मृत्युको कारण खुलेको छैन । मोक्तान वैदेशिक...

खानेपानीमा दिसाको जीवाणु

२०७१ भदौ १४ गते ३:४६

चौतारा, १४ भदौ– सिन्धुपाल्चोकका अधिकांश क्षेत्रका खानेपानी मुहान तथा धारामा मानव मलमूत्रमा पाइने कोलिफमका जीवाणु भेटिएको छ । टुकी संघ सुनकोसीको सुआहारा कार्यक्रमअन्तर्गत गरिएको पानीको शुद्धता परीक्षणका क्रममा उक्त जीवाणु भेटिएको हो । २८ गाविसमा प्रयोग हुँदै आएको २ सय २७ खानेपानी मुहान तथा...

नक्कली सुनको गहना बनाएर बेच्ने पक्राउ

२०७१ भदौ १४ गते ३:३८

विराटनगर, १४ भदौ– प्रहरीले नक्कली सुनको गहना बनाएर बिक्री गर्ने गिरोहका नाइकेलाई पक्राउ गरेको छ । पूर्व क्षेत्रीय प्रहरी कार्यालयको विशेष टोलीले नक्कली सुनका गरगहना बनाएर बेच्ने विराटनगर उपमहानगरपालिका–३ का २५ वर्षीय सुनिल सोनीलाई पक्राउ गरेको हो । उनले नक्कली सुनका गहना बनाएर पूर्वाञ्चलका...

सुतिरहेकी महिलाको गोली हानी हत्या

२०७१ भदौ १४ गते ३:३१

सर्लाही, १४ भदौ– सर्लाहीमा एक महिलाको गोली हानी हत्या भएको छ । नोलेल्वा गाविस–५ मोहनगञ्जका श्रवण महतोकी कान्छी श्रीमती २३ वर्षीया अमृतादेवीको हत्या भएको हो । सर्लाही प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक वीरेन्द्र ठाकुरले शुक्रबार राति अज्ञात व्यक्तिले घरमा सुतिरहेका बेला झ्यालबाट गोली हानेर उनको...

आज बेपत्ताविरुद्धको अन्तर्राष्ट्रिय दिवस

२०७१ भदौ १४ गते ३:२६

काठमाण्डु, १४ भदौ– बेपत्ताविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसका अवसरमा राजधानीमा मानवअधिकारकर्मी र बेपत्ता परिवारले सचेतना निकालेका छन् । दिवसका अवसरमा काठमाण्डुसहित देशभर बेपत्ता पारिएकाहरुको सम्झनामा जनचेतनामुलक कार्यक्रम हुँदैछन् । सरकार र दलहरुको बेपत्ताको सार्वजनिक गर्ने पटकपटकको...

थप ३० प्रकारका औषधि नि:शुल्क

२०७१ भदौ १४ गते ३:१३

काठमाण्डु, १४ भदौ– सरकारले स्वास्थ्थ सेवालाई प्रभावकारी बनाउन थप ३० किसिमका औषधि निशुल्क उपलब्ध गराउने निर्णय गरेको छ । यो निर्णयसँगै निशुल्क औषधिको संख्या ७० पुगेको छ । चालू आर्थिक वर्षको बजेटमार्फत प्रस्ताव गरिएको थप निशुल्क औषधि उपलब्ध गराउने निर्णय शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले...

आज ऋषि पञ्चमी

२०७१ भदौ १४ गते ३:०१

काठमाण्डु, १४ भदौ– आज भाद्रशुक्ल पञ्चमी अर्थात ऋषि पञ्चमी हिन्दू नेपाली महिलाहरुले सप्तर्षीको पूजा गरेर मनाउँदैछन् । तीजको पर्सीपल्ट महिलाहरुले अरुणधत्तीसहित कस्यप, अत्रि, भरद्वाज, वशिष्ठ, जमदग्नी, गौतम र विश्वमित्रको  पूजा आराधना गरी तीज ब्रत समाप्त गर्दैछन् । रजश्वला भएका बेला  जानेर वा नजानेर भएका...

जंगलमा भेटिइन् ५ महिनाकी बालिका

२०७१ भदौ १४ गते २:४५

बर्दिया, १४ भदौ– बर्दियामा करिब ५ महिनाकी बालिका बेवारिसे अवस्थामा फेला परेकी छिन् । ढोढरी–१ गमक्कास्थित जंगलमा बालिका फेला परेकी हुन् । स्थानीयवासीले जंगलमा च्याउ खोज्न जादाँ बालिका फेला पारेका हुन् । स्थानीय युवाले जंगलभित्र कुशको झाडीमा बालिएका रोएको सुनेपछि उद्धार गरेका थिए ।...

चोर्न नपाउँदा कुटिए केन्द्राध्यक्ष

२०७१ भदौ १४ गते २:३५

सर्लाही, १४ भदौ– सर्लाही सदरमुकाम मलंगवाका दुई परीक्षा केन्द्रमा जारी स्नातक पहिलो वर्षको परीक्षा शुक्रबार स्थगित भएको छ । शुक्रबार बिजनेस स्टाटिस विषयको परीक्षा थियो । पद्मउच्च मावि परीक्षा केन्द्रमा विद्यार्थीहरुले केन्द्राध्यक्ष पन्जदेव यादवमाथि कुटपिट गरेपछि परीक्षा स्थगित भएको हो । तीनै विद्यार्थीहरुले सर्लाहीमा...

कति बढ्दैछ बिजुली महसुल ?

२०७१ भदौ १४ गते २:३०

काठमाण्डु, १४ भदौ– नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल औसत २० प्रतिशतले बढाउन गरेको प्रस्तावमा शुक्रबार अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा सहभागीले मिश्रित प्रतिक्रिया दिएका छन् । उपभोक्ता अधिकारकर्मीहरुले महसुल वृद्धिको विरोध गरेका छन् भने उर्जा उत्पादकहरुले समर्थन जनाएका छन् । अन्तरक्रियामा प्रस्तुत प्रस्तावअनुसार सिंगल...

पेटीकोटदेखि परिवार नियोजनका साधनसम्म विश्वविद्यलयको पैसामा

२०७१ भदौ १४ गते २:२६

काठमाण्डु, १४ भदौ– मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पदाधिकारीहरुले मदिरा सेवन गरेको विल विश्वविद्यालयबाट भुक्तानी गराएका छन् । उपकुलपति, रजिष्ट्रारलगायत पदाधिकारीले व्यक्तिगत काम र स्वार्थमा विश्वविद्यालयको बजेट दुरुपयोग गरेका हुन् । उपकुलपति पदमलाल देवकोटाले थकाली खाना, चिकेन लगायतका खाना र रुस्लान भोड्का सेवन गरेको विल विश्वविद्यालयबाट भुक्तानी...

ओली फर्किएपछि मात्र उच्चस्तरीय समिति

२०७१ भदौ १४ गते २:००

काठमाण्डु, १४ भदौ –उच्चस्तरीय राजनीतिक समिति गठनमा दलहरु सहमतिनजिक पुगे पनि नेतृत्व र सहभागी हुने दलको विषयलाई लिएर उनीहरुबीच कुरा मिल्न सकेको छैन । शुक्रबार एमाले अध्यक्ष केपी ओली निवास भक्तपुर बालकोटमा कांग्रेस, एमाले र एमाओवादीबीच भएको छलफल निष्कर्षमा पुग्न सकेन । एमाले अध्यक्ष...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us