समाचार

बाढीपीडितको नाममा राजनीति नगर: थापा

२०७१ भदौ १४ गते ११:४६

बर्दिया, १४ भदौ–  वाणिज्य तथा आपूर्तिमन्त्री सुनिल थापाले बाढीपीडितको नाममा राजनीति नगर्न दलहरुलाई आग्रह गरेका छन् । मध्यपश्चिममा बाढीबाट भएको क्षतिको अवलोकन तथा राहत वितरणको अनुगमन गर्ने क्रममा बर्दिया पुगेका मन्त्री थापाले यस्तो बताएका हुन् । उनले उद्धार र राहतको काममा कुनै कसर बाँकी...

प्रेमसागरले गरे १३९औं पटक रक्तदान

२०७१ भदौ १४ गते ११:१६

 म्याग्दी, १४ भदौ– नेपाल स्वयम्सेवी रक्तदाता समाजका अध्यक्ष प्रेमसागर कर्माचार्यले १ सय ३९ औँ पटक रक्तदान गरेका छन् । कर्माचार्यले रक्त सञ्चार सेवा केन्द्र म्याग्दीमा शनिबार  १३९ औँ पटक रक्तदान गरेका हुन् । उनले नेपालमा सबैभन्दा धेरैपटक रक्तदान गर्ने रेकर्ड बनाएका छन् । रक्तदानपछि...

काठमाण्डुमा आइतबार देउडा नाच हुने

२०७१ भदौ १४ गते १०:३२

काठमाण्डु, १४ भदौ– बाजुरा साँस्कृतिक प्रतिष्ठानको आयोजना र देउडा कलाकार मञ्च, काठमाण्डुको सह–आयोजनामा आइतबार काठमाण्डुको राष्ट्रिय नाचघरमा देउडा नाच हुने भएको छ । राजधानीमा शनिबार पत्रकार सम्मेलन गरी प्रतिष्ठानले देउडा संस्कृतिको संरक्षण एवम् प्रर्वद्धन र स्रष्टाहरुको सम्मानका लागि देउडा नाचको आयोजना गर्न लागिएको प्रतिष्ठानका...

काठमाण्डुको फोहोर बोकेका गाडी गुड्न नदिने चेतावनी

२०७१ भदौ १४ गते ९:१५

काठमाण्डु, १४ भदौ– काठमाण्डुको गोलढुंगा र जितपुरफेदी गाविसका बासिन्दाले पासाङ ल्हामु मार्गमा फोहोरो बोक्ने गाडी गुड्न नदिने चेतावनी दिएका छन् । गोलढुंगा एकीकृत ग्रामीण विकास समाज र गोलढुागा–जीतपुरफेदी संघर्ष समितिले शनिबार राजधानीमा संयुक्त पत्रकार सम्मेलन गरी सरकारले आफूहरुको माग सम्बोधन नगरे कडा संघर्षमा उत्रने...

उच्चस्तरीय समितिमा अल्झिनु हुँदैन: प्रधानमन्त्री

२०७१ भदौ १४ गते ८:५०

काठमाण्डु, १४ भदौ– प्रधानमन्त्री सुशील कोइरालाले उच्चस्तरीय राजनीतिक समिति गठनको विवादमा अल्झिएर मुलुकलाई बन्धक बनाउन नहुने बताएका छ्न । प्रधानन्त्रीको सरकारी नवास बालुवाटारमा शनिबार बाढीपीडितका लागि राहत बुझ्दै उनले उच्चस्तरीय समितिबारेको विवाद तत्काल सल्टाएर अघि बढ्ने पक्षमा आफू रहेको बताए । उनले आफ्नो ध्यान...

मध्यरातमा महिलाको घरमा पस्ने सैनिकको गाउँलेले कठालो समाते

२०७१ भदौ १४ गते ७:१९

नवलपरासी,  १८ भदौ– महिलामाथि दुव्र्यवहार गरेको आरोपमा स्थानीयले एक सैकिनलाई पक्रेर प्रहरीमा बुझाएका छन् । हात्तीखोरस्थित वन तथा सुरक्षा पर्यावरणीय निर्देशनालयमा कार्यरत नायक पुरुषोत्तम श्रेष्ठलाई स्थानीयले इलाका प्रहरी कार्यालय बलपुरको जिम्मा लगाएका हुन् । श्रेष्ठसहित तीन सैनिकले शुक्रबार राति स्थानीय एक महिलालाई बलात्कार प्रयास...

बस दुर्घटनामा आमाछोरीसहित चारको मृत्यु

२०७१ भदौ १४ गते ६:४९

गोरखा, १४ भदौ- गोरखाको बगुवा– ३ दारेगौंडामा शनिबार भएको बस दुर्घटनामा आमा छोरीसहित ४ जनाको ज्यान गएको छ । दुर्घटनामा आरुचनौटे–१ आरुघाटकी ३६ वर्षीया ऐश्वर्या श्रेष्ठ उनकी छोरी ७ वर्षीया योजना, तान्द्राङ– ३ की १७ वर्षीया सम्झना सुर्खेती र गुम्दा–९ कि २२ वर्षीया सरिता...

कक्षा १२ को परीक्षाफल प्रकाशित, ७० दशमलब ४३ प्रतिशत उत्तीर्ण

२०७१ भदौ १४ गते ६:३८

काठमाण्डु, १४ भदौ– उच्च माध्यामिक शिक्षा परिषदले कक्षा १२ को विज्ञान संकायको परीक्षाफल शनिबार प्रकाशित गरेको छ । नियमिततर्फ ७० दशमलब ४३ प्रतिशत र आंशिकतर्फ ३८ दशमलब २१ प्रतिशत विद्यार्थी उर्त्तीण भएका छन् । नियमिततर्फ ३६ हजार ७ सय २७ ले परीक्षा दिएकामा २५...

वागमतीमा पसे सुन्दरी

२०७१ भदौ १४ गते ६:३०

काठमाण्डु, १४ भदौ– सिजन मिडिया प्रालिद्धारा आयोजित मिस इकलेज–२०१४ का २४ प्रतियोगीले शनिबार बागमती नदी सरसफाई कार्यक्रममा सहभागी भएका छन् । मुख्यसचिव लीलामणि पौडेल नेतृत्वमा ६७ हप्तादेखि सञ्चालनमा आएको वागमती सरसफाई कार्यक्रमको ६८ औं श्रृखलाअन्तर्गत उनीहरुले टेकुमा वागमती नदी सरसफाई गरेका हुन् । कार्यक्रममा...

पोखरामा ६ युवाले गरे युवतीको सामूहिक बलात्कार

२०७१ भदौ १४ गते ५:५९

पोखरा, १४ भदौ– पोखरा उपमहानगरपालिका १२ कार्कीडाँडामा एक युवतीको सामूहिक बलात्कार भएको छ । प्रहरीले एकजना युवतीलाई ७ जनाले बलात्कार गरेको जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा–१२ मा रहेको हिमाली समाजघरमा बसेका युवाहरुले युवतीलाई मोटरसाइकलमा कार्कीडाँडा पुर्‍याएर सामूहिक बलात्कार गरेका थिए...

टाउकोमा बञ्चरोे प्रहार गरी श्रीमतिको हत्या

२०७१ भदौ १४ गते ४:५९

बागलुङ, १४ भदौ– बागलुङमा एक व्यक्तिले बञ्चरो प्रहार गरी श्रीमतिको हत्या गरेका छन् । प्रहरीका अनुसार जिल्लाको बोवाङ गाविस–८ का छविलाल विले ३३ वर्षीया श्रीमति निमुको बञ्चरो प्रहार गरी हत्या हुन् । मदिरा सेवन गरेका उनले निमुको टाउको तथा शरीरका विभिन्न भागमा बञ्चरो प्रहार...

श्रीमानले छाडेर भागेपछि गर्वभती युवतीको बिचल्ली

२०७१ भदौ १४ गते ४:५३

धनगढी, १४ भदौ– भारतीय नागरिकसँग विवाह गरेकी एक नेपाली युवती पतिले छाडेर हिंडेपछि बिचल्लीमा परेकी छन् । डेरामा सँगै बस्दै आएका पतिले छाडेर फरार भएपछि अलपत्र परेकी सुनिता चौधरीले पति खोजीदिन माग गरेकी छन् । उनले दुई वर्षअघि भारत, उत्तर प्रदेशको खिरी जिल्लास्थित पलिया...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us