टाउकोमा बञ्चरोे प्रहार गरी श्रीमतिको हत्या

काठमाण्डु टुडे २०७१ भदौ १४ गते ४:५९ मा प्रकाशित

बागलुङ, १४ भदौ– बागलुङमा एक व्यक्तिले बञ्चरो प्रहार गरी श्रीमतिको हत्या गरेका छन् ।
प्रहरीका अनुसार जिल्लाको बोवाङ गाविस–८ का छविलाल विले ३३ वर्षीया श्रीमति निमुको बञ्चरो प्रहार गरी हत्या हुन् ।

मदिरा सेवन गरेका उनले निमुको टाउको तथा शरीरका विभिन्न भागमा बञ्चरो प्रहार गरेका छन् । श्रीमतिको हत्या गरेर भागेका उनलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us