काठमाण्डु, १४ भदौ– प्रधानमन्त्री सुशील कोइरालाले उच्चस्तरीय राजनीतिक समिति गठनको विवादमा अल्झिएर मुलुकलाई बन्धक बनाउन नहुने
बताएका छ्न ।
प्रधानन्त्रीको सरकारी नवास बालुवाटारमा शनिबार बाढीपीडितका लागि राहत बुझ्दै उनले उच्चस्तरीय समितिबारेको विवाद तत्काल सल्टाएर अघि बढ्ने पक्षमा आफू रहेको बताए । उनले आफ्नो ध्यान संविधान लेखनमा केन्द्रित भएको भन्दै सबै पक्षका मागलाई वाार्तबाटै समाधान गर्न तयार रहेको बताए ।
‘म छिटो मुलुकले संविधान पाओस् भन्ने पक्षमा छु’, कोइरालाले भने, ‘उच्चस्तरीय समितिको विषयमा पनि धेरै अल्झिनु हुँदैन ।’ संविधान लेखनमा सबैले केही न केही अडान छाडेर सहमतिमा पुग्नुपर्ने उल्लेख गरे ।
प्रधानमन्त्रीको स्वकीय सचिवालय, राधेराधे समूह र राष्ट्रिय समाचार समितिका कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा रकम सहयोग गरेका थिए ।
बाढी पीडितका लागि राधेराधे समूहले १० लाख ९ सय ९९ रुपैयाँ प्रधानमन्त्रीको स्वकीय सचिवालयले ८३ हजार ५ सय ५१ र राष्ट्रिय समाचार समितिका कर्मचारीलेृे २५ हजार १ रुपैयाँ सहयोग गरेका छन् ।