काठमाण्डु, १५ भदौ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणमा हिन्दूधर्मको प्रचार गरिरहेका दुई बंगलादेशीसँग नेपाली नागरिकता भेटिएपछि सुरक्षा अधिकारीहरु झस्किएका छन् । १९ साउनमा प्रहरीले विशेष सुराकीका आधारमा हमाइस इस्लाम र रियल मियाँसँग नेपाली नागरिकता भेटेको हो । पशुपति मन्दिरबाट पक्राउ परेका बंगलादेशी नागरिक इस्लाम...
कास्की, १४ भदौ– पूर्वप्रधानसेनापति रुक्माङगद कटवालले आफ्नो पुस्तकमा कतै प्रशंसा नपस्किएको दाबी गरेका छन् । र्यासडम रिर्डस अफ सोसाइटीले शनिबार पोखरामा गरेको साक्षात्कारमा उनले आफूले भोगेका र देखेका विषय पुस्तकमा समेटेको बताए । ‘पुस्तकमा मैले आफनो प्रंशसा होइन, आफ्नै कथा पस्केको हुँ’, उनले भने,...
पोखरा, १४ भदौ– एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू र नेता बाबुराम भट्टराईबीच कुरा मिलिसकेकाले तल पनि मिल्न कार्यकर्तालाई निर्देशन दिएका छन् । कास्कीका कार्यकर्तालाई शनिबार पोखरामा सम्बोधन गर्दै उनले विचार निर्माणका क्रममा बहस भएको र अहिले आफूहरुबीच सहमति भइसकेको जनाए । आफूहरु...
रुकुम, १४ भदौ- बलात्कारको शिकार भएकी रुकुम गराइलाकी एक बालिका गर्भवती भएकी छन् । १३ वर्षीया ती बालिकाको पेटमा चार महिनाको गर्भ रहेको प्रमाणित भएको छ । उनलाई चार महिनाअघि सोही गाउँका ४५ वर्षीय भीमबहादुर ओलीले बलात्कार गरेका थिए । पेटमा गर्भ रहेको थाहा...
काठमाण्डु, १४ भदौ– एकीकृत माओवादी नेता बाबुराम भट्टराईले आफू सभापति रहेको संवैधानिक राजनीतिक संवाद तथा समिति समितिमा प्रमुख दलका शीर्ष नेताको न्युन उपस्थिति रहने गरेको भन्दै आपत्ति जनाएका छन् । राजधानीमा शनिबार भएको एक कार्यक्रममा उनले नेताहरुले संविधान निर्माणलाई भन्दा व्यक्तिगत र पारिवारिक काम...
विराटनगर, १४ भदौ– काँग्रेसनिकट नेपाल विद्यार्थी संघ सुनसरीका पूर्वअध्यक्ष विकास केसी जुवाको खालबाट पक्राउ परेका छन् । प्रहरीले केसीसहित २० जनालाई मोरङको अमरदहबाट जुवा खेलिरहेको अवस्थामा शनिबार राति पक्राउ गरेको हो । जुवाडेका साथबाट ७ लाख ६८ हजार ६ सय ९९ रुपैयाँ बरामद भएको...
काठमाण्डु, १४ भदौ– प्रधानमन्त्री सुशील कोइरालाले आफ्नो स्वास्थ्यलाई लिएर सञ्चार माध्यममा गलत टिकाटिप्पणी भइरहेको भन्दै आपत्ति जनाएका छन् । बाढी प्रभावितका लागि संकलित राहत हस्तान्तरणका लागि शनिबार बालुवाटार पुगेका राष्ट्रिय समाचार समितिका पत्रकार र कर्मचारीसँग कुरा गर्दै उनले पत्रपत्रिकामा आफ्नो स्वास्थ्यबारे लगत प्रचार भइरहेको...
तेह्रथुम, १४ भदौ- छिमेकीको लैनो भैंसी विष खुवाएर मारेको आरोपमा प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको छ । कुँडोमा विष हालेर छिमेकीको भैंसी मारेको आरोपमा जलजले–९ याङ्सिलाका शेरबहादुर नेपाल र उनकी पत्नि नन्दकुमारी पक्राउ परेका हुन् । उनीहरुमाथि छिमेकी गणेश बुढाथोकीको लैनो भैंसी, तीन खसी...
कैलाली, १४ भदौ– कैलालीको धनगढीमा तीजमा नाच्ने क्रममा एक महिलाको ज्यान गएको छ । धनगढी नगरपालिका उत्तरबेहडीकी ४५ वर्षीया उमा स्वाँरको नाच्ने क्रममा शनिबार ज्यान गएको हो । विशाल नगरमा आयोजित तीज कार्यक्रममा नाच्दानाच्दै बिहीबार राति बेहोस भएकी उनको उपचारका क्रममा शनिबार मृत्यु भएको...
काठमाण्डु, १४ भदौ– एमालेमा मन्त्रिपरिषदले गरेको सभासद् नियुक्तिको विषयमा विवाद भएको छ । अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा छलफलै नगरी एकलैटी सभासद सिफारिस गरेको भन्दै नेता माधवकुमार नेपाल पक्षले आपत्ति जनाएको हो । नेपाल पक्षका मानिने सचिव योगेश भट्टराईले पार्टीको कोटामा परेका ८ सभासद...
भक्तपुर, १४ भदौ- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले भारतसँग उर्जा सम्झौता गर्न नहुने बताएका छन् । भक्तपुरको ठिमीमा शनिबार भएको कार्यक्रममा उनले बिनातयारी उर्जा सम्झौता गरिए नेपाल र नेपालीलाई धोका हुने बताए । भारतसँग हुने भनिएको उर्जा सम्झौताले नेपाललाई कुनै हालतमा फाईदा...
पोखरा, १४ भदौ– एकीकृत माओवादी अध्यक्ष पुष्कपकमल दाहाल ‘प्रचण्ड’ ले काँग्रेस–एमालेले आफूहरुलाई पेलेर जान खोजे सडकबाटै संविधान जारी गर्ने चेतावनी दिएका छन् । संघीय गणतान्त्रिक मोर्चाले पोखरामा शनिबार गरेको सभालाई सम्बोधन गर्दै उनले चारबुँदे सहमति तत्काल कार्यान्यवन गर्न माग गरे । उनले समयमै संविधान...