ओली अलोकतान्त्रिक, अपारदर्शी र कपटी: भट्टराई

काठमाण्डु टुडे २०७१ भदौ १४ गते १२:५० मा प्रकाशित

काठमाण्डु, १४ भदौ– एमालेमा मन्त्रिपरिषदले गरेको सभासद् नियुक्तिको विषयमा विवाद भएको छ ।
yogeshअध्यक्ष केपी शर्मा ओलीले पार्टीमा छलफलै नगरी एकलैटी सभासद सिफारिस गरेको भन्दै नेता माधवकुमार नेपाल पक्षले आपत्ति जनाएको हो ।

नेपाल पक्षका मानिने सचिव योगेश भट्टराईले पार्टीको कोटामा परेका ८ सभासद मनोनयनमा आपत्ति जनाउँदै पार्टी मुख्यालयमा शनिबार ध्यानाकर्षण पत्र दर्ता गराएका छन् ।

ध्यानाकर्षणपत्रमा उनले ओलीमाथि अलोकतान्त्रिक, अपारदर्शी र छलकपटीको आरोप लगाएका छन् । उनले ओलीले पदीय हैसियत र पदाधिकारी बैठकले दिएको जिम्मेवारी दुरुपयोग गरेको आरोप लगाएका छन् ।

उनले पार्टीका तर्फबाट मनोनित सभासदको नाम सञ्चारमध्यमबाट थाहा पाउनुपर्दा आफू लज्जित भएको उल्लेख गरेका छन् । ‘एमालेका तर्फबाट आठजनाको नाम प्रस्तुत भएको कुरा सञ्चारमाध्यमबाट थाहा पाउनुपर्दा म आफैं लज्जित भएको छु’, ध्यानाकर्षण पत्रमा छ ।

उनले ओलीलाई प्रश्न गरेका छन्, ‘तपाईको यस्तो व्यवहारले लामो राजनीतिक जीवन र संघर्षको इतिहास बोक्नुभएका र स्वयम् लोकतान्त्रिक आन्दोलनको योद्धा तपाईंलाई जीवनको उत्तरार्धमा कस्तो सार्वजनिक परिचयप्राप्त होला ?

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us