स्वास्थ्यबारे गलत प्रचार हुँदा दु:खी छु: प्रधानमन्त्री

काठमाण्डु टुडे २०७१ भदौ १४ गते १४:३७ मा प्रकाशित

काठमाण्डु, १४ भदौ– प्रधानमन्त्री सुशील कोइरालाले आफ्नो स्वास्थ्यलाई लिएर सञ्चार माध्यममा गलत टिकाटिप्पणी भइरहेको भन्दै आपत्ति sushil koiralaजनाएका छन् ।

बाढी प्रभावितका लागि संकलित राहत हस्तान्तरणका लागि शनिबार बालुवाटार पुगेका राष्ट्रिय समाचार समितिका पत्रकार र कर्मचारीसँग कुरा गर्दै उनले पत्रपत्रिकामा आफ्नो स्वास्थ्यबारे लगत प्रचार भइरहेको भन्दै दु:ख व्यक्त गरे ।

‘पत्रपत्रिकामा जुन कुरा आएको छ त्यो गलत हो’, प्रधानमन्त्रीले भने, ‘म एकदम ठीक छु, सबै काम गरिराखेको छु ।’ पाँचपाँचवटा रेडियो थेरापी लिएकाले चिकित्सकले धेरै काम र धपेडी नगर्न सुझाव दिएकाले धपेडी कम गरेको बताए ।

यद्यपि उनले मन्त्रिपरिषद्को नियमित बैठक, विभिन्न कार्यक्रम र साथीभाइसँगको भेटघाट जारी राखेको उनको भनाइ थियो ।

‘पाँचपाँचवटा रेडियो थेरापी लिएकाले धेरै काम नगर्नुस् भन्ने छ’, प्रधानमन्त्रीले भने, ‘यस्तो थेरापी लिएको मानिसले बिरलै आफ्नो काम यसरी निर्वाह गरिराखेको हुन्छ, मलाई एकदम ठीक छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us