कुँडोमा विष हालेर छिमेकीको लैनौ भैंसी मारेपछि‍‍‍‍‍…..

काठमाण्डु टुडे २०७१ भदौ १४ गते १४:०८ मा प्रकाशित

तेह्रथुम, १४ भदौ- छिमेकीको लैनो भैंसी विष खुवाएर मारेको आरोपमा प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको छ ।

कुँडोमा विष हालेर छिमेकीको भैंसी मारेको आरोपमा जलजले–९ याङ्सिलाका शेरबहादुर नेपाल र उनकी पत्नि नन्दकुमारी पक्राउ परेका हुन् । उनीहरुमाथि छिमेकी गणेश बुढाथोकीको लैनो भैंसी, तीन खसी र दुई बाख्रालाई विष खुवाएर मारेको आरोप छ ।

आफूहरु तीज कार्यक्रम हेर्न गएका बेला शेरबहादुर दम्पतीले फोरेट नामक विषादी मिसाएर भैंसी, खसी र बाख्रालाई खोले खान दिएको आरोप छिमेकीेल लगाएका छन् । पक्राउ परेका बुढाथोकी दम्पतीले अभियोग स्वीकार गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us