
भक्तपुर, १४ भदौ- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले भारतसँग उर्जा सम्झौता गर्न नहुने बताएका छन् ।
भक्तपुरको ठिमीमा शनिबार भएको कार्यक्रममा उनले बिनातयारी उर्जा सम्झौता गरिए नेपाल र नेपालीलाई धोका हुने बताए ।
भारतसँग हुने भनिएको उर्जा सम्झौताले नेपाललाई कुनै हालतमा फाईदा नहुने उनको दाबी थियो । उनले उर्जा व्यापार सम्झौताको ड्राफ्ट लामो समयसम्म गुपचुप राखेको सरकारले दलहरुसँग त्यसबारे छलफलै नगरेको भन्दै आपत्ति जनाए ।
नेपालका अधिकारीले तयार पारेकोउर्जा सम्झौताको मस्यौदा भारतमा परिमार्जित भएर आएपछि मात्र सम्झौताबारे दुई पक्षीय छलफल भएको भन्दै बिजुक्छेले सम्झौता गर्नै नहुने बताए ।