प्रचण्डले कार्यकर्तालाई भने, बाबुराम र म मिलिसक्यौं, तपाईंहरु पनि मिल्नुस्’

काठमाण्डु टुडे २०७१ भदौ १४ गते १५:२८ मा प्रकाशित

पोखरा, १४ भदौ– एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू र नेता बाबुराम भट्टराईबीच कुरा मिलिसकेकाले तल पनि मिल्न Prachand-1कार्यकर्तालाई निर्देशन दिएका छन् ।
कास्कीका कार्यकर्तालाई शनिबार पोखरामा सम्बोधन गर्दै उनले विचार निर्माणका क्रममा बहस भएको र अहिले आफूहरुबीच सहमति भइसकेको जनाए । आफूहरु माथि मिलिसकेकाले तल कसैको दबाबमा नलागी मिल्न कार्यकर्तालाई निर्देशन दिए ।

उनले भट्टराई र आफूबीच कुनै कटुता नरहेको बताए । ‘बाबुरामजी र मेरोबीचमा कुनै कटुता छैन’, प्रचण्डले भने, ‘हामीहरु माथि मिलिसकेका छौं, तल तपाईंहरु पनि मिल्नुस् ।’ प्रचण्डले कुनै हातलमा पार्टी नफुट्ने भन्दै कार्यकर्तालाई आश्वस्त तुल्याए ।

पार्टी गुड्दा गुड्दै बन्द हुने थोत्रो गाडीजस्तै भएकाले मिलेर नयाँ बनाउनुपर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us