विराटनगर, १४ भदौ– काँग्रेसनिकट नेपाल विद्यार्थी संघ सुनसरीका पूर्वअध्यक्ष विकास केसी जुवाको खालबाट पक्राउ परेका छन् ।
प्रहरीले केसीसहित २० जनालाई मोरङको अमरदहबाट जुवा खेलिरहेको अवस्थामा शनिबार राति पक्राउ गरेको हो । जुवाडेका साथबाट ७ लाख ६८ हजार ६ सय ९९ रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।