डडेलधुरा, १५ भदौ– डडेलधुरा आम्पानीका राउटे समुदाय व्यवसायिक चिउरी खेतीतर्फ आकर्षित भएका छन् । काठका भाँडा बनाउने परम्परागत पेसाबाट बिहान बेलुकाको छाक टार्न धौधौ भएपछि राउटे समुदाय चिउरी खेतीमा लागेको हो । जिल्लाको जोगबुढा–१ आम्पानीका ७० घरपरिवार राउटेको आम्दानीको श्रोत चिउरी हुन थालेको छ...
धादिङ, १५ भदौ– धादिङबेसीमा रहेको स्रोत कक्षामा अध्ययनरत २१ बौद्धिक अपाङ्गता भएका बालबालिकालाई खाद्य सामग्री सहयोग गरिएको छ । काठमाण्डु घर भई हाल इजरायलमा कार्यरत मीना नगरकोटीले स्रोत कक्षामा अध्ययनरत बालबालिकाका लागि १० हजार मूल्य बराबरको खाद्य सामग्री सहयोग गरेकी हुन् । बौद्धिक अभिभावक...
काभ्रे, १५ भदौ– बीपी राजमार्गअन्तर्गत काभ्रेको मंगलटार–९ मा गएराति भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भउको छ । बा १० प ३२३२ नम्बरको मोटरसाइकल सडकबाट खोलामा खस्दा सिन्धुपाल्चोक दुवाचौर–७ का कुमार तामाङको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी नायब उपरीक्षक...
झापा, १५ भदौ– प्रहरीले झापाको काँकडभिट्टाबाट प्रतिबन्धित लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले झापा धरमपुर– ८ का अम्बर बोहोरामेचीनगर नगारपालिका–१० बाट पक्राउ गरेको हो । प्रहरी अनुसन्धानका क्रममा उनले भारतबाट प्रतिबन्धित औषधि नेपाल ल्याउने गरेको खुलेको छ । ...
काठमाण्डु, १५ भदौ– सशस्त्र प्रहरी बलले ५० जना प्रहरी निरीक्षकसहित विभिन्न पदमा भर्ना आब्हान गरेको छ । आइतबार राजपत्रमा सूचना जारी गरी सशस्त्रले १ सय २२ जनाका लागि भर्ना आब्हान गरेको हो । प्रशासनतर्फ प्रहरी निरीक्षकमा ४० र मेडिकल अधिकृत तर्फ १० जना प्रहरी...
पर्वत, १५ भदौ– एउटै बोकाको तौल १ सय ३ किलोभन्दा बढी भन्ने सुन्दा पत्याउनुहुन्छ ? सदरमुकाम कुस्माको छमर्केमा छविलाल पुनले पालेको बोकाको तौल १ सय ३ किलोग्राम पुगेको छ । महिला महोत्सवमा प्रर्दशन गर्न ल्याइएको उक्त बोका सबैको आकषर्क बनेको छ । जमुनापारि जातको...
रौतहट, १५ भदौ– कृषिमन्त्री हरिप्रसाद पराजुलीका पीए भन्दै विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा रौतहटमा २ कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा नापी शाखा रौतहटका कार्यालय सहायक अपधेश यादव र खेसरहिया गाविसका प्राविधिक सहायक प्रमोदकुमार यादव छन् । जिल्ला कृषि कार्यालय रौतहटका प्रमुख राजनारायण...
काठमाण्डु, १५ भदौ– दुई सन्तानमा चित्त बुझाएका इलामका एक दम्पतीलाई अर्को सन्तानको रहर थिएन । तर, भइदियो उल्टो १ नचाहँदा(नचाहँदै गर्भ रहेपछि पतिपत्नीबीच सहमति भयो, सुरक्षित गर्भपतन गराउने । त्यस निम्ति उनीहरुले भरपर्दो ठाउँ रोजे, इलाम अस्पताल । जहाँ उनीहरु दुई महिनामा लगातार चारपल्ट...
जाजरकोट, १५ भदौ–जिल्लाको जगतिपुर गाविसमा तीन गाउँका बासिन्दा घन्टौं हिँडेर एउटै कुवाको पानी पिउन बाध्य छन् । कुस्तरा ,बटालागाउँ र रोकायागाउँका बासिन्दालाई कुवामा पालो पाउन राति पनि जाग्राम बस्नुपर्छ । जगतिपुरका ७, ८ र ९ नम्बर वडामा पर्ने यी गाउँका बासिन्दा सुंखायाममा मलसोता कुवामा...
धनगढी, १५ भदौ– सुदूरपश्चिमको कैलाली र बैतडीमा दुईजना महिलाको तीजको व्रत सकेर खाना खाँदा ज्यान गएको छ । दुवैजनाको शुक्रबार ज्यान गएको हो । बैतडीको वासुलिङ गाविस–९ डुडरीकी २० वर्षीया पुष्पा ऐरीको तीजको व्रत सकेर शुक्रबार अपराह्न खाना खानेबित्तिकै ज्यान गएको जानकारी स्थानीय लालबहादुर...
अछाम, १५ भदौ– रगत नपाउँदा रक्त अल्पताले थलिएकी बाजुरा जुगाडाकी २५ वर्षीया वसन्ती रोकायाको ज्यान गएको छ । उनलाई उपचारका लागि अस्पताल पुर्याएपछि पनि चाहिएजति रगत नपाउँदा बचाउन नसकिएको हो । वसन्तीको चारमहिने गर्भ पनि खेर गएको छ । बिहीबार अछामको बयलपाटा अस्पताल ल्याउँदा...
काठमाण्डु, १५ भदौ– सौतेनी आमाको अपहरण गरी हत्या गर्न खोजेको आरोपमा पक्राउ परेकी मोडल ऋचा धमलालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । भक्तपुर जिल्ला अदालतले बिहीबार उनीसहित ६ जनालाई कारागार चलान गर्न आदेश दिएको हो । सौतेनी आमा ममता घिमिरे धमलालाई अपहरण गरी...