गर्भपतन गराउन १९ हजार !

काठमाण्डु टुडे २०७१ भदौ १५ गते २:३० मा प्रकाशित

काठमाण्डु, १५ भदौ– दुई सन्तानमा चित्त बुझाएका इलामका एक दम्पतीलाई अर्को सन्तानको रहर थिएन ।
तर, भइदियो उल्टो १ नचाहँदा(नचाहँदै गर्भ रहेपछि पतिपत्नीबीच सहमति भयो, सुरक्षित गर्भपतन गराउने । त्यस निम्ति उनीहरुले भरपर्दो ठाउँ रोजे, इलाम अस्पताल । जहाँ उनीहरु दुई महिनामा लगातार चारपल्ट धाउनुपर्योस । त्यसबीच उनीहरुले झेलेको आर्थिक र मानसिक पीडा अत्यासलाग्दो छ ।
अस्पतालको मातृशिशु स्वास्थ्य क्लिपनकमा एक हजार रुपैयाँ तिरेपछि गर्भपतन गरिन्छ । त्यो दम्पती पनि सस्तोमा भरपर्दो सेवा लिन जेठमा क्लिनिकमा पुग्यो, जहाँ सरकारी नर्सको ड्युटी हुन्छ । दुई महिनाको गर्भ बोकेकी महिलालाई स्वास्थ्य परीक्षण गर्नासाथै नर्सले भनिदिइन ‘बच्चा ठूलो छ, पैसा धेरै लाग्छ ।’
गर्भपतनको निष्कर्षमा पुगेका दम्पतीले बढ्दो बच्चा पेटमा राखेर घर फर्किने सोचेनन् । सरकारी नर्सको सल्लाहबमोजिम उनीहरुले तोकेकै रकम बुझाए । नर्सहरुले ‘एक हजार इन्ट्री फी’ र ‘१८ हजार औषधि’ को भनेर १९ हजार रुपैयाँ बुझे । गर्भपतन गराउने औषधि ‘दार्जिलिङबाट ल्याएकाले महँगो पर्ने,’ नर्सको भनाइ थियो । समस्यामा परेका दम्पतीले ऋण काढेरै पैसा बुझाए । औषधि लिएर फर्के ।
नर्सहरुले दिएको औषधि लिएर फर्केका उनीहरुको निर्धारित समयभित्र काम भएन, फेरि उनीहरु अस्पताल गए । उनीहरुलाई देखेपछि नर्सहरु झस्किए र फेरि औषधि थमाएर फर्काए । चारपटक अस्पताल जाँदा पनि उनीहरुको सही उपचार नभएपछि उनीहरुलाई अस्पताल वाडमा सारियो र डा। प्रभु शाहको प्रयासमा उनीहरुको गर्भपतन भयो ।
नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us