सवारी दुर्घटनामा दुईको मृत्यु

काठमाण्डु टुडे २०७१ भदौ १५ गते ४:२५ मा प्रकाशित

काभ्रे, १५ भदौ– बीपी राजमार्गअन्तर्गत काभ्रेको मंगलटार–९ मा गएराति भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भउको छ ।

बा १० प ३२३२ नम्बरको मोटरसाइकल सडकबाट खोलामा खस्दा सिन्धुपाल्चोक दुवाचौर–७ का कुमार तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी नायब उपरीक्षक जनक भट्टराईले मोटरसाइकल अनियन्त्रित भई सडकबाट खोलामा खसेको बताए ।

उता अछामको साँफेबगरमा जिपबाट खसेर एक वृद्धको ज्यान गएको छ । साँफेबाट बयलपाटा आउँदै गरेका साँफे–१० का लोकहादुर लोहारको जिपबाट खसेर ज्यान गएको हो । गम्भीर घाइते उनको बयलपाटा अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us