झापा, १५ भदौ– प्रहरीले झापाको काँकडभिट्टाबाट प्रतिबन्धित लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले झापा धरमपुर– ८ का अम्बर बोहोरामेचीनगर नगारपालिका–१० बाट पक्राउ गरेको हो ।
प्रहरी अनुसन्धानका क्रममा उनले भारतबाट प्रतिबन्धित औषधि नेपाल ल्याउने गरेको खुलेको छ । बोहराको साथकाट डाइजापाम, लुपीजेसीक र फेनरागन नामका प्रतिबन्धित औषधि बरामद भएको छ ।