तीजको ब्रत बस्दा गयो दुई महिलाको ज्यान

काठमाण्डु टुडे २०७१ भदौ १५ गते २:०६ मा प्रकाशित

धनगढी, १५ भदौ– सुदूरपश्चिमको कैलाली र बैतडीमा दुईजना महिलाको तीजको व्रत सकेर खाना खाँदा ज्यान गएको छ । दुवैजनाको शुक्रबार ज्यान गएको हो ।

बैतडीको वासुलिङ गाविस–९ डुडरीकी २० वर्षीया पुष्पा ऐरीको तीजको व्रत सकेर शुक्रबार अपराह्न खाना खानेबित्तिकै ज्यान गएको जानकारी स्थानीय लालबहादुर पाण्डेले दिएको दिए ।
पानीसमेत नपिएर व्रत बसेकी पुष्पाले दुई दिनपछि शुक्रबार खाना खाएपछि उनको ज्यान गएको हो । बैतडीका अधिकांश स्थानमा पतिले दिएकाबाहेक तीजको दिन पानीसमेत नखाने चलन छ ।

पुष्पाका पति भारतमा रहेकाले उनले पानी नखाई निराहार व्रत बसेको लालबहादुरले बताए । यसैगरी कैलालीको धनगढीमा पनि एक महिलाको ज्यान गएको छ । धनगढी नगरपालिका उत्तरबेहडीकी ४५ वर्षीया उमा स्वाँरको नाच्ने क्रममा ज्यान गएको हो ।
अन्नपूर्ण पोष्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us