समाचार

दुई तिहाइले बनाउने संविधान काम छैन: गच्छदार

२०७१ भदौ १५ गते ८:३७

काठमाण्डु, १५ भदौ– फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले दुई तिहाईको आडमा संविधान जारी गर्न खोजे दुर्भाग्य हुने बताएका छन् । व्यवस्थापिका–संसदको आइतकारको बैठकमा विशेष समय लिएरु बोल्दै उनले दुई तिहाईले बनाउने संविधान काम नलाग्ने दाबी गरे । सत्तारुढ काँग्रेस–एमाले दुई तिहाईको आडमा संविधान जारी...

भाईलाई सभासद बनाएकामा के भन्छन् कमल थापा ?

२०७१ भदौ १५ गते ८:१२

काठमाण्डु, १५ भदौ– राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्ना भार्इ गणेश थापालाई सभासद मनोनयनका लागि सिफारिस गर्नु आफ्ना निम्ति कठिन र असहज निर्णय भएको बताएका छन् । गणेश थापाको मनोनयनबारे अधिकांश नकारात्मक प्रतिक्रिया आएको भन्दै केही क्षुद्र टिप्पणीहरुबाहेक अधिकांश प्रतिक्रियालाई ग्रहण गर्ने बताएका छन्...

कलमको मूल्य १२ लाख !

२०७१ भदौ १५ गते ७:५६

काठमाण्डु, १५ भदौ– नयाँदिल्लीमा जारी पुस्तक मेलामा १२ लाख रुपैयाँ पर्ने कलम राखिएको छ । दिल्लीको प्रगति मैदानको पुस्तक मेलामा १२ लाख रुपैया पर्ने कलम राखिएको छ । उक्त कलम पैडेडियम मेटलबाट बनेको हो । कलमको निप सुनबाट बनाइएको छ । इटलीमा विस्कोन्ती नामक...

सुराकी लगाएर वीरेन्द्रको सम्पत्ति खोज्छु: प्रधानमन्त्री

२०७१ भदौ १५ गते ७:३५

काठमाण्डु, १५ भदौ– प्रधानमन्त्री सशुील कोइरालाले स्वर्गीय राजा वीरेन्द्र र रानी ऐश्वर्यसहित राजपरिवारका सदस्यका नाममा रहेको सम्पत्ति खोजी गर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार नेपाल ट्रष्टको वार्षिक प्रतिवेदन बुझ्दै उनले राज्यको सुराकी संयन्त्र प्रयोग गरेर भए पनि वीरेन्द्रका परिवारको नाममा रहेको सम्पत्ति...

यो सरकार इतिहासकै सुस्त: ज्ञवाली

२०७१ भदौ १५ गते ७:२३

काठमाण्डु, १५ भदौ– एमाले उपाध्यक्ष युवराज ज्ञवालीले वर्तमान सुशील कोइराला नेतृत्वको सरकार इतिहासकै सुस्त भएको आरोप लगाएका छन् । रिर्पोटर्स क्लब दाङ शाखाले तुलसीपुरमा आइतबार गरेको कार्यक्रममा उनले सरकार मन्द गतिमा चलेका कारण राज्यका महत्वपूर्ण कामकारबाही प्रभावित भएको बताए । सुस्त गतिको सरकारका कारण...

मोदी आएर गएपछि पशुपतिमा विषेश पूजा गर्ने बढे

२०७१ भदौ १५ गते ६:४६

काठमाण्डु, १५ भदौ– पशुपति क्षेत्र विकास कोषले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरेपछि विशेष पूजा गर्नेको संख्या बढेको जनाएको छ । कोषका सदस्यसचिव गोविन्द टण्डनले मोदीले पूजा गरेपछि अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार भएकाले विशेष पूजा गर्नेको संख्या बढेको बताए । गत महिना...

यस्तो छ योगेश भट्टराईले केपी ओलीलाई लेखेको पत्र

२०७१ भदौ १५ गते ६:३२

कमरेड अध्यक्ष नेकपा (एमाले ) केन्द्रीय कार्यालय बल्खु विषय: ध्यानाकर्षणबारे । कमरेड, यसबीचमा पार्टीको निर्णय भनेर सार्वजनिक सञ्चार माध्यमहरुबाट थाहा पाइएका केही विषयहरुमा गम्भीर आपत्ति प्रकट गर्दै यो ध्यानाकर्षणपत्र प्रेसित गरेको छु । १. संविधानसभामा मन्त्रिपरिषदबाट मनोनयन गर्ने २६ जना सभासदहरुको मनोनयनका बारेमा पार्टीभित्र...

काठमाण्डु महानगरपालिकामा अख्तियारको छापा

२०७१ भदौ १५ गते ५:५७

काठमाण्डु, १५ भदौ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाण्डु महानगरपालिका कार्यालयमा छापा मारेको छ । अख्तियार टोलीले आइतबार महानगरपालिकामा छापा मारी कागजात नियन्त्रणमा लिएको हो । अख्तियारले अनियमितताको आशंकामा महानगरअन्तर्गतको सहरी विकास, राजश्व, वातावरणलगायत सबै शाखाको कागजात नियन्त्रणमा लिएको हो । महानगरको पछिल्ला दुई आर्थिक...

सुत्केरीको मृत्युपछि अस्पतालमा तनाव

२०७१ भदौ १५ गते ५:३६

चरिकोट, १५ भदौ– दोलखाको चरिकोटस्थित सामुदायिक अस्पतालमा सुत्केरीको मृत्यु भएको विरोधमा आफन्तले प्रदर्शन र तोडफोड गरेपछि त्यस क्षेत्रको वातावरण तनावपूर्ण बनेको छ । मृतकका आफन्तले अस्पतालको झ्यालका सिसा फुटाउनुको साथै आकस्मिक सहित सबै सेवा ठप्प पारेका छन् । उनीहरुले एम्बुलेन्ससहित मृतकको शव तेस्र्याएर पुष्पलाल...

प्रहरी र हतियारधारी समूहबीच गोली हानानहान

२०७१ भदौ १५ गते ५:३४

सर्लाही, १५ भदौ– सर्लाहीको नोकेल्वाा प्रहरी र हतियारीधारी समूहबीच गोली हानाहान भएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको मोटरसाइकल गस्ती टोलीमाथि नोकेल्वा–५ मा गोली प्रहार भएपछि प्रहरीले प्रतिकार गरेको थियो । सर्लाही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र धानुकले तीनजनाको सङ्ख्यामा रहेका हतियारधारीले राति साढे...

काँग्रेस–एमाले कमल थापा पथमा: रायमाझी

२०७१ भदौ १५ गते ५:१६

वीरगञ्ज, १५ भदौ– एकीकृत माओवादी नेता टोपबहादुर रायमाझीले सत्तारुढ काँग्रेस–एमालेको समयमै बुद्धि नफिरे मुलुक ठूलो दुर्घटनामा फस्ने चेतावनी दिएका छन् । ‘संघीय गणतान्त्रिक मोर्चाआवद्ध दलहरुले वीरगञ्जमा आइतबार गरेको ‘नयाँ सविधान निर्माणमा परिवर्तन र पहिचान पक्षधर शक्तिहरुको भूमिका’ विषयक कार्यक्रममा रायमाझीले विगतमा राजासँग सत्ता साझेदारी...

करेण्ट लागेर आमाछोरा गम्भीर घाइते

२०७१ भदौ १५ गते ४:५९

महोत्तरी, १५ भदौ– पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिसबासमा निर्माणाधीन बेलिब्रिजमा करेन्ट लागेर आमाछोरा गम्भीर घाइते भएका छन् । घाइते हुनेमा मेघनाथ गोरहन्ना–७ की २७ वर्षीया मञ्जुसिंह दनुवार र उनका छोरा दुई वर्षीय आयुस रहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । साउन २८ गते आएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us