काठमाण्डु महानगरपालिकामा अख्तियारको छापा

काठमाण्डु टुडे २०७१ भदौ १५ गते ५:५७ मा प्रकाशित

काठमाण्डु, १५ भदौ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाण्डु महानगरपालिका कार्यालयमा छापा मारेको छ ।

kath mandu mahanagar palika
अख्तियार टोलीले आइतबार महानगरपालिकामा छापा मारी कागजात नियन्त्रणमा लिएको हो । अख्तियारले अनियमितताको आशंकामा महानगरअन्तर्गतको सहरी विकास, राजश्व, वातावरणलगायत सबै शाखाको कागजात नियन्त्रणमा लिएको हो ।

महानगरको पछिल्ला दुई आर्थिक वर्षका सबै कागजात नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us