कलमको मूल्य १२ लाख !

काठमाण्डु टुडे २०७१ भदौ १५ गते ७:५६ मा प्रकाशित

काठमाण्डु, १५ भदौ– नयाँदिल्लीमा जारी पुस्तक मेलामा १२ लाख रुपैयाँ पर्ने कलम राखिएको छ ।
penदिल्लीको प्रगति मैदानको पुस्तक मेलामा १२ लाख रुपैया पर्ने कलम राखिएको छ । उक्त कलम पैडेडियम मेटलबाट बनेको हो ।

कलमको निप सुनबाट बनाइएको छ । इटलीमा विस्कोन्ती नामक कम्पनीले बनाएको कलममा ६ सय ५० वटा हिराका टुक्रा जडान गरिएको छ । सो कलम दुई वर्षअघि भारत भित्रिएको थियो ।

अचम्मको कुरा त के छ भने भारतमा अहिलेसम्म सो कलम बिक्री भएको छैन । प्रर्दशनीका क्रममा कलम  हेर्न आउनेको भीड भए पनि कसैले किन्दैनन् । मूल्य सुन्ने बित्तिकै आत्तिने गरेका उनीहरु फाटो खिचेर जाने गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us