प्रहरी र हतियारधारी समूहबीच गोली हानानहान

काठमाण्डु टुडे २०७१ भदौ १५ गते ५:३४ मा प्रकाशित

सर्लाही, १५ भदौ– सर्लाहीको नोकेल्वाा प्रहरी र हतियारीधारी समूहबीच गोली हानाहान भएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको मोटरसाइकल गस्ती टोलीमाथि नोकेल्वा–५ मा गोली प्रहार भएपछि प्रहरीले प्रतिकार गरेको थियो ।

सर्लाही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र धानुकले तीनजनाको सङ्ख्यामा रहेका हतियारधारीले राति साढे ८ बजेतिर गोली प्रहार गरेपछि प्रहरी टोलीले जवाफी फायर गरेको बताए ।

जवाफी फायरिङपछि हतियारधारी समूह भागेको उनले बताए । घटनास्थलबाट प्रहरीले एकथान नलकटुवा पेस्तोल र एकथान गोली बरामद गरेको छ ।
प्रहरी जवान सन्तोष महतो गोलीको छर्रा लागेर घाइते भएका छन् । उनको  मलङ्गवास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us