
वीरगञ्ज, १५ भदौ– एकीकृत माओवादी नेता टोपबहादुर रायमाझीले सत्तारुढ काँग्रेस–एमालेको समयमै बुद्धि नफिरे मुलुक ठूलो दुर्घटनामा फस्ने चेतावनी दिएका छन् ।
‘संघीय गणतान्त्रिक मोर्चाआवद्ध दलहरुले वीरगञ्जमा आइतबार गरेको ‘नयाँ सविधान निर्माणमा परिवर्तन र पहिचान पक्षधर शक्तिहरुको भूमिका’ विषयक कार्यक्रममा रायमाझीले विगतमा राजासँग सत्ता साझेदारी गरेका कारढा काँग्रेस–एमालेमा अझै सामन्ती संस्कार नगएको बताए ।
रायमाझीले राजा महेन्द्रले निर्माण गरेको क्षेत्रीय संरचनाका आधारमा राज्य पुनर्संरचना गर्ने परिवर्तनविरोधी सोच त्याग्न उनले ती दललाई आग्रह गरे । सायमाझीले काँग्रेस–एमाले कमल थापाको विचारका पछाडि हिंडेको आरोप लगाए ।
‘काँग्रेस–एमाले कमल थापाको विचार बोकेर हिंडेका छन्’ रायमाझीले भने, ‘ काँग्रेस–एमालेको समयमै बुद्धि नफिरे मुलुक ठूलो खाडलमा जान्छ ।’
तराई मधेस लोकतान्त्रिक पार्टीका सह–माहामन्त्री जितेन्द्र सोनलले मधेसी, दलित, जनजाति लगायतसँग विगतमा भएको सम्झौताविपरीत संविधान बनाइए अस्वीकार गर्ने चेतावनी दिए ।
उनले विभेदलाई समयमै ब्यवस्थापन नगरे विद्रोह हुने र विद्रोहको सम्बोधन नभए विखण्डनको खतरा आउने बताए । कार्यक्रमका अन्य वक्ताले पनि काँग्रेस–एमाले
आन्दोनलको भावनाअनुसार संधिवान बनाउन तयार नभए सडक संघर्षबाटै संधिवान घोषणा गर्ने चेतावनी दिएका छन् ।