सुराकी लगाएर वीरेन्द्रको सम्पत्ति खोज्छु: प्रधानमन्त्री

काठमाण्डु टुडे २०७१ भदौ १५ गते ७:३५ मा प्रकाशित

काठमाण्डु, १५ भदौ– प्रधानमन्त्री सशुील कोइरालाले स्वर्गीय राजा वीरेन्द्र र रानी ऐश्वर्यसहित राजपरिवारका सदस्यका नाममा रहेको सम्पत्ति sushil koiralaखोजी गर्ने बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार नेपाल ट्रष्टको वार्षिक प्रतिवेदन बुझ्दै उनले राज्यको सुराकी संयन्त्र प्रयोग गरेर भए पनि वीरेन्द्रका परिवारको नाममा रहेको सम्पत्ति नेपाल ट्रष्टअन्तर्गत ल्याउने प्रतिबद्धता जनाएका हुन् ।

कोइरालाले ट्रष्टको मातहतमा आइसकेको पूर्वराजपरिवारको सम्पत्तिको सदुपयोग गर्न निर्देशनसमेत दिए । उनले जग्गा भाडामा दिँदा राज्यको फाइदा हेर्न ट्रष्टका अधिकारीहरुलाई आग्रह गरे ।

कोइरालाले मुलुकको विकासका छिट्टै ‘ब्रेक थ्रु’ हुने दाबी पनि उक्त अवसरमा गरे । नयाँ संविधान जारी भएपछि मुलुकको विकासले गति लिने विश्वास उनको थियो । ‘मुलुकले छिट्टै संविधान पाउँछ’, कोइरालाले भने, ‘त्यसपछि विकासमा ‘ब्रेक थ्रु’ हुने मैले देखेको छु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us