काठमाण्डु, १४ भदौ– मलेसियामा एक नेपाली कामदारको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मकवानपुर चुरियामाइका सोमबहादुर मोक्तान रहेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार शुक्रबार राति खाना खाएर सुतेका उनी ओछ्यानमै मृत भेटिएका थिए ।
मृत्युको कारण खुलेको छैन । मोक्तान वैदेशिक रोजगारीका सिलसिलामा ६ वर्षअघि मलेसिया पुगेका थिए । उनको शव नेपाल ल्याउने तयारी भएको छ ।