सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

काठमाण्डु टुडे २०८३ साउन ६ गते १४:५८ मा प्रकाशित

काठमाण्डू, ६ साउन– सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन । सपम्ताबाट गुमीतर्फ आउँदै गरेको क.प्र. ०२००१ ख ०४९० नंम्बरको फोर्स गाडी पौने १२ बजे गुर्भाकोट नगरपालिका–१३ सेराघारीमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यलय सुर्खेतले जनाएको छ ।

घाइतेहरुको उद्धार गरी अस्पताल पठाइएको प्रहरीले जनाएको छ । केहीको मेहेलकुना अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई सदरमुकाम वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल र अन्य अस्पतालमा पठाइएको छ ।

गाडीका चालकलाई प्रहरी चौकी गुमीले नियन्त्रणमा लिएर घटनबारे आवाश्यक अनुसन्धान भईरहेको प्रहरीले जानएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us