विराटनगर, १४ भदौ– प्रहरीले नक्कली सुनको गहना बनाएर बिक्री गर्ने गिरोहका नाइकेलाई पक्राउ गरेको छ ।
पूर्व क्षेत्रीय प्रहरी कार्यालयको विशेष टोलीले नक्कली सुनका गरगहना बनाएर बेच्ने विराटनगर उपमहानगरपालिका–३ का २५ वर्षीय सुनिल सोनीलाई पक्राउ गरेको हो ।
उनले नक्कली सुनका गहना बनाएर पूर्वाञ्चलका विभिन्न पहाडी जिल्लामा बेच्ने गरेको खुलेको छ ।
प्रहरीले उनको साथबाट एक तोला नक्कली सुनको बाला बरामद गरेको छ । उनले आफूले नक्कली गरगहना बनाएर बेच्ने गरेको स्वीकार गरेका छन् ।