जंगलमा भेटिइन् ५ महिनाकी बालिका

काठमाण्डु टुडे २०७१ भदौ १४ गते २:४५ मा प्रकाशित

बर्दिया, १४ भदौ– बर्दियामा करिब ५ महिनाकी बालिका बेवारिसे अवस्थामा फेला परेकी छिन् । ढोढरी–१ गमक्कास्थित जंगलमा बालिका फेला परेकी हुन् ।
स्थानीयवासीले जंगलमा च्याउ खोज्न जादाँ बालिका फेला पारेका हुन् । स्थानीय युवाले जंगलभित्र कुशको झाडीमा बालिएका रोएको सुनेपछि उद्धार गरेका थिए । कुशको झाडीमा कमिला लागेको अवस्थामा बालिका भेटिएकी हुन् ।

स्थानीयले बालिकालाई इलाका प्रहरी कार्यालय ढोढरीमा बुझाएका छन् । प्रहरीले स्थानीय दुई महिलाको सहयोगमा बालिकालाई अस्पताल भर्ना गरेको छ ।

बालिकाको शरीरमा चोट लागेको स्वास्थ्यकर्मीले बताएका छन् । बालिकालाई निमोनिया र ज्वरोको समस्या देखिएको छ । ती बालिकालाई दुई दिनअघि जंगलमा फालेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
नयाँ पत्रिकाबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us