काठमाण्डु, १३ भदौ – गिट्टी बालुवा व्यवसायी र व्यवसायीले काठमाण्डुको तिनकुनेमा बीच सडकमा ट्रिपर तेस्र्याएर गरेकाे प्रर्दशन प्रहरीले खुलाएकाे छ।
सरकारले गिट्टी, ढुंगा र बालुवा उत्खनन् तथा ढुवानीमा प्रतिबन्ध लगाएको विरोधमा व्यवसायीले सडकमै गाडी राखेर प्रदर्शन गरेका हुन् । करिब एक सयवटा ट्रिपर बीच सडकमा तेस्र्याइएका कारण उक्त क्षेत्रमा सवारी आवागमन प्रभावित भएको थियाे । तत्काल प्रतिबन्ध नहटाए सिंहदरबारभित्र ट्रिपर हुलेर आन्दोलनमा उत्रने चेतावनी व्यवसायीले दिएका छन् ।
सरकारी प्रतिबन्धले आफूहरुको व्यवसाय र रोजगारी धरापमा परेको भन्दै व्यवसायी र चालक आन्दोलनमा छन् । सरकारले नदीहरुको प्राकृतिक धार बिगारेको र पर्यावरणीय प्रदूषण बढाएको भन्दै गिट्टी, रोडा र बालुवा उत्खनन् तथा ओसारपसारमा प्रतिबन्ध लगाएको हो ।