बढीप्रभावित क्षेत्रमा सर्पको बिगबिगी, सुत्केरी र शिशु जोगाउनै समस्या

काठमाण्डु टुडे २०७१ भदौ १३ गते २:१४ मा प्रकाशित

बाँके ,१३ भदौ बाँके- फत्तेपुर- ८ लक्ष्मीराजपुरकी २५ वर्षीया  रंजिता थारुलाई आफू र आफ्नो पहिलो नवजात शिशु जोगाउन निकै मुस्किल परेको छ ।
हालै आएको बाढीले आधा भत्केको घरमा वर्षातका कारण आउने सर्पका कारण नवजात शिशु बचाउन उनलाई मुस्किल परेको हो ।
बाढीले भएको सबै खाद्यान्न बगाएपछि खानेकुराको समेत उनलाई अभाव भएको छ । बाढीले पुरै गाउँ बगाएकाबेला पहिलो सन्तानका रुपमा जन्माएकी छोरी बचाउनै गाह्रो भएको उनले बताईन । १४ जना परिवार रहेको सो घरमा न त पोसिलो खानेकुरा छ नत त उनको बच्चाको सुरक्षा नै । चारैतिर चिसो छ, बच्चालाई राख्न ओतभएको ठाँउ छैन् ।
राजधानी दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us