विशिष्टले विदेश भ्रमणमा सकाए राज्यको ८ करोड

काठमाण्डु टुडे २०७१ भदौ १२ गते ४:०७ मा प्रकाशित

काठमाण्डु, १२ भदौ – उच्च पदस्थ व्यक्तित्वहरुको विदेश भ्रमणका क्रममा गत आर्थिक वर्षमा मात्रै राज्यको ढुकुटीबाट झन्डै साढे ८ करोड रुपैया खर्च भएपनि उपलब्धि भने प्रायः शून्य देखिएको छ ।

सरकारका विशिष्ट व्यक्ति र अन्य सरकारी प्रतिनिधिमण्डलले विश्वका विभिन्न देशमा गरेको भ्रमणका क्रममा उक्त रकम खर्च भएको हो ।

अर्थ मन्त्रालयको बजेट महाशाखाका अनुसार आर्थिक वर्ष २०७० ७१ मा विशिष्ट व्यक्तिको भ्रमण खर्चवापत मात्रै ३ करोड ४५ लाख रुपैयाँ खर्च भएको छ । यसैगरी प्रतिनिधिमण्डलको भ्रमण वापत ३ करोड ४२ लाख खर्च भएको छ ।

त्यस बाहेक अन्य विविध शीर्षकमा समेत गरी कुल ८ करोड ३० लाख खर्च भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us