केन्द्रीय समिति विघटनको निर्णय भएकै छैनः श्रेष्ठ

काठमाण्डु टुडे २०७१ भदौ १२ गते ४:२८ मा प्रकाशित

काठमाण्डु, १२ भदौ- एकीकृत माओवादीले केन्द्रीय समिति विघटनको तयारी गरेपछि उपाध्यक्ष नारायणकाजी श्रेष्ठ असन्तुष्ट बनेका छन् ।

narayan-kaji_20111226084444
उनले केन्द्रीय समिति विघटन गरिए पार्टी नै विघटन हुने भन्दै तीव्र असन्तोष पोखेका छन् । यसअघि बुधबार बसेको वर्तमान र पूर्वपोलिट्ब्युरो सदस्यहरुको बैठकले केन्द्रीय समिति विघटन गरी विशेष महाधिवेशनमा जाने निर्णय गरेको थियो ।

नेता बाबुराम भट्टराईले केन्द्रीय समिति विघटन नभएसम्म पार्टी विवाद नमिल्ने बताएपछि अध्यक्ष प्रचण्ड केन्द्रीय समिति भंग गरेरै भए पनि उनलाई मनाउने मनस्थितिमा पुगेका हुन् । काठमाण्डु टुडेसँग कुरा गर्दै श्रेष्ठले केन्द्रीय समिति विघटन गर्ने कुनै सहमति नभएको दाबी गरे ।

उनले केन्द्रीय समिति विघटनको तयारी भन्ने समाचारमा सत्यता नरहेको बताए । नभएको निर्णयबारे समाचार आएपछि आफू आश्चर्यचकित भएको उनले बताए । त्यसबारे आफ्नो धारणा सार्वजनिक गर्न उनले आज अपराह्न ४ बजे ललितपुरको हात्तीवनस्थित निवासमा पत्रकार सम्मेलन गर्ने भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us