काठमाण्डु, १२ भदौ- ट्राफिक प्रहरीले आज पशुपति क्षेत्र आसपास हुँदै चल्ने सवारीलाई अन्यत्र डाईभर्सन गरेको छ ।
हरितालिका तीजका अवसरमा लागेको दर्शनार्थीको घुइँचोले सवारी आवागमनमा हुने भएकालेबिहान ५ देखि बेलुकी ६ बजेसम्मका लागि डाईभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
कोटेश्वर–तीनकुने– एयरपोर्ट हुँदै गौशालातर्फ जाने सवारीलाई तिलगंगा÷सिनामंगलबाट डाईभर्सन गरिएको छ । महाराजगंज सुकेधारा हुदै चाबहिल तर्फ आउने सवारी साधनलाई चाबहील ÷गोपिकृष्ण कोरिडोरबाट डाईभर्सन गरिएको छ ।
मैतिदेवी हुँदै गौशाला जाने सवारी साधनलाई पूरानो बानेश्वरचोक÷मैतीदेवी करिडोरबाट डाईभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको छ । कालोपुल हुँदै गौशाला जाने सवारीलाई सिफलबाट, रातोपुल हुँदै गौशलातर्फ जाने सवारी साधनलाई रातोपुलबाट र जोरपाटी, बौद्ध, पासाङल्हामुु चोक हुँदै आउनेलाई चाबहिल चुच्चेपाटीबाट डाईभर्सन गरिएको छ ।
पुरानो बानेश्वरबाट गौशालातर्फ जाने सवारीलाई पुरानो बानेश्वर चोकबाट, बौद्धबाट करिडोर तथा खरिबोट हुँदै आउने सवारीलाई गौरीघाटबाट डाईभर्सन गरिएको छ ।