विदुर, १२ भदौ- नुवाकोटको थानापतिस्थित बोहोरे खोलामा वर्षासँगै बुधबार राति आएको भीषण बाढीले नौ सय सय रोपनी धानखेत बगाएको छ ।
बाढीले सुनखानीमा चार सय रोपनी र थानापतिमा ५ सय रोपनी खेत बगाएको हो । यस्तै सुनखानीमा दुईवटा घर तथा दुई पक्की पुलसमेत बगाएको छ ।
पहिरोका कारण छहरे टोखा माग अवरुद्ध भएको छ । पहिरोले छहरे टोखाअन्तर्गत बोहोरे खोला र शिवालय छहरे सडकअन्तर्गतको दुई पक्की पुल भत्काएको स्थानीय शिक्षक राजन थपलियाले बताए ।
उनका अनुसार बाढीले थानापति र सुनखानी जोड्ने झोलुंगे पुल पनि बगाएको छ । यस्तै स्थानीय कृषक हरि थपलियाको गोठमा भण्डारण गरेर राखिएको ६० मुरी धान बाढीले बगाएको उनले बताए ।