जबर्जस्ती मदिरा खुवाएर दिल्लीमा नेपाली युवतीको सामूहिक बलात्कार

काठमाण्डु टुडे २०७१ भदौ ११ गते २:२८ मा प्रकाशित

काठमाण्डु, ११ भदौ– दिल्लीको थाप्लोमा लागेको ‘बलात्कारको राजधानी’ को दाग हटाउन संघर्षरत भारतीय राजधानीमा एकजना नेपाली युवती सामुहिक बलात्कारको शिकार भएकी छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार काठमाण्डुकी १९ वर्षीया ती युवतीलाई दक्षिण दिल्लीको मेहरौली इलाकामा ६ जनाको समूहले बलात्कार गरेको हो । घटनाको वास्तविक मिति थाहा हुन नसके पनि सूत्रहरुले सोमबार राति भएको अड्कल गरेका छन् ।
यो लज्जाजनक घटनापूर्व एक अभियुक्तले ‘नोकरी मिलाइदिने बाहनामा ती युवतीलाई मेहरौली लगेका थिए । उनी त्यहाँ पुग्दा पाँचजना अन्य व्यक्ति त्यही घरमा कुरिरहेका थिए । ती सबै नशामा मात्तिएको अवस्थामा रहेको बताइएको छ ।

पीडित युवतीले प्रहरीसमक्ष दिएको बयानअनुसार सबै ६ जना मदिराको नशामा थिए र सबैले उनीमाथि बलात्कार गरे । उनीहरुले ती युवतीलाई मदिरा पिउना बाध्य पनि पारे । स्वास्थ्य परीक्षणमा उनलाई बाध्यतामा मदिरा पिउन बाध्य पारेर सामूहिक बलात्कार गरिएको पुष्टि गरेको छ ।

तर यसबारे सम्पर्क गर्दा मेहौली प्रहरीले घटनाबारे कुनै टिप्पणी गर्न चाहेन । बलात्कारमा परेकी ती महिलाको परिचयका बारेमा पनि केही खुलाइएको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us