संसदीय समितिहरुले आज सभापति पाउँदै

काठमाण्डु टुडे २०७१ भदौ ११ गते ३:२१ मा प्रकाशित

काठमाण्डु, ११ भदौ– व्यवस्थापिका–संसदका १२ समितिले संविधानसभा निर्वाचन सम्पन्न भएको नौ महिनापछि आज सभापति पाउँदैछन् ।

ca
१२ मध्ये विधायन समितिबाहेक ११ समितिका सभापति निर्विरोध निर्वाचित हुने भएका छन् । दलीय भागबण्डाका आधारमा एकजना बाहेक अन्यको उम्मेदवारी नपरेका कारण साँझ ५ बजे बस्ने संसद बैठकले सभापति निर्विरोध निर्वाचित भएको घोषणा गर्नेछ ।

साना दलको भागमा परेको विधायन समिति सभापतिमा समाजवादी जनता दलका प्रेमबहादुर सिंह र थरुहट तरार्इ पार्टीकी गंगा चौधरीको उम्मेदवारी परेको छ ।
निर्विरोध निर्वाचित हुने सभापतिहरुमा रवीन्द्र अधिकारी विकास समिति, गगन थापा कृषि तथा जलस्रोत समिति, प्रकाश ज्वाला अर्थ समिति, प्रभु साह अन्तर्राष्ट्रिय समिति, भीष्मराज आङदम्बे उद्योग वाणिज्य तथा उपभोक्ता हित समिति, सुशीलकुमार श्रेष्ठ सामाजिक न्याय तथा मानव अधिकार समिति, रन्जुकुमारी झा महिला, बालबालिका तथा समाजकल्याण समिति, दिलबहादुर घर्तीमगर राज्यव्यवस्था समिति, जनकराज चौधरी वातावरण समिति, शेरधन रार्इ सुशासन समिति र कुलबहादुर गुरुङ संसदीय सुनुवार्इ विशेष समिति छन् ।

सार्वजनिक लेखा समितिको सभापतिमा भने एमाओवादी सभासद जर्नादन शर्मा यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us